काठमाडौं

नेपाल कपडा उद्योग संघले सरकारले कपडा उद्योगीका माग पुरा नगरे आगामी कात्तिक १५ गते देखि मुलुकभरका कपडा उद्योग बन्द गर्ने चेतावनी दिएको छ । "/>

मुलुकभरका कपडा उद्योग बन्द गर्ने चेतावनी ( भिडियो सहित )

मुलुकभरका कपडा उद्योग बन्द गर्ने चेतावनी ( भिडियो सहित )


काठमाडौं

नेपाल कपडा उद्योग संघले सरकारले कपडा उद्योगीका माग पुरा नगरे आगामी कात्तिक १५ गते देखि मुलुकभरका कपडा उद्योग बन्द गर्ने चेतावनी दिएको छ ।

मुल्य अभिवृद्धि करका सम्बन्धमा पुरानै व्यवस्था कायम हुनुपर्ने माग गर्दै आएको संघले त्यसबारे सरकारले निर्णय गर्न ढिलाई गरेको भन्दै उद्योग नै बन्द गर्ने चेतावनी दिएको हो । विदेशी कपडासँग प्रतिष्पर्धा गर्नका लागि सरकारले नेपाली कपडा उद्योगलाई मुल्य अभिवृद्धि करको छुट दिदै आएको थियो । कपडा उद्योगीहरु कर छुटको व्यवस्था नराख्दा विदेशी कपडासँग प्रतिपर्धा गर्न नसकिने र उद्योग व्यवसाय नै धरापमा पर्ने भएकाले आफुहरु उद्योग संञ्चालन गर्न सक्ने अवस्थामा नरहेको बताउँछन् । कर छुट दिन नमिले अन्य विकल्पबाट उद्योगलाई सो बराबरको अनुदान उपलब्ध गराउनुपर्ने माग उनीहरुको छ ।

चालु आर्थिक बर्षको बजेट घोषणामा सरकारले करको सिद्धान्त विपरित रहेको भन्दै कपडा उद्योगीलाई दिदै आएको कर छुटको व्यवस्था खारेज गरेको थियो । लगत्तै व्यवसायीले कर निर्धारण सम्बन्धी निर्णयलाई पुर्नविचार गर्न आग्रह गर्दै प्रतिवेदन बुझाएका थिए । उद्योगीका माग बारे छलफल गर्न सरकारले कार्यदल बनाएपनि ३ महिना सम्म केही उपलब्धि नभएपछि उद्योगी उद्योग नै बन्द गर्ने अवस्थामा पुगेका हुन् । सरकारले कपडा उद्योगीका बारेमा निर्णयमा पुग्न नसक्दा उद्योग व्यवसाय धरापमा पर्दै गएको भन्दै अध्यक्ष प्रधानले चिन्ता व्यक्त गर्नुभयो । करका बारेमा स्पष्ट नहुँदा व्यवसायीले दशैंको बेलामा पनि कपडा बेचेका छैनन् । बार्षिक कुल कारोबारको झण्डै ४० प्रतिशत कारोबार हुने समयमा सामान स्टकमा राख्नु पर्दा व्यवसायको उत्पादन ५० प्रतिशतले घटेको उहाँले दाबी गर्नुभयो ।

नेपालमा प्रयोग हुने कुल कपडामा ८५ प्रतिशत चोरी पैठारी हुने गरेको भन्दै उहाँले चोरी पैठारीका कपडा नियन्त्रणमा लिन नसकेकोमा सरकारी निकायप्रति आक्रोश पोख्नुभयो । उहाँले नेपालमा बार्षिक कति कपडा खपत हुन्छ र ती कुन कुन माध्यमबाट आईरहेका छन् भन्ने आंकडा सम्म सरकारसँग नहुनु दुखद भएको टिप्पणी गर्नुभयो ।

मुलुकको कुल औद्योगिक उत्पादनको ७ प्रतिशत हिस्सा नेपालको कपडा उद्योगले लिएको छ । कुल निर्यात आयमा १५ प्रतिशत योगदान पुर्याएको कपडा उद्योगमा ६० हजार बढीले रोजगारी पाईरहेका छन् । नेपाल कपडा उद्योग संघका अनुसार मुलुकभर २ सय वटा भन्दा बढी कपडा उद्योग छन् । हेरौं भिडियोमा :

 

Logo