राजविराज

नक्कली बावु बनेर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने वडाध्यक्ष सहित चार जना विरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । "/>

वडाध्यक्षले नै भारतीयलाई नागरिकता बेच्न लागेपछि ४ जना माथि मुद्दा

वडाध्यक्षले नै भारतीयलाई नागरिकता बेच्न लागेपछि ४ जना माथि मुद्दा


राजविराज

नक्कली बावु बनेर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने वडाध्यक्ष सहित चार जना विरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का बिन्देश्वरी यादवसहित चार जनाविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो । नागरिकता बेच्न खोजेको आरोप लगाउँदै स्थानीय कप्लेश्वर यादवले सोही वडाका वडाध्यक्ष रामनारायण यादव, वडा सचिव महेशनारायण यादव, नक्कली बुवा बन्ने विन्देश्वरी यादव र नागरिकता लिन खोज्ने भारतीय नागरिक राजाराम यादवविरुद्ध उजुरी दिएका हुन् ।

हनुमाननगर कंकालिनी नगरपालिका–१४ का विन्देश्वरी यादवलाई बुवा र लक्ष्मीदेवी यादवलाई आमा बनाई वडा कार्यालयबाट नागरिकता दिने सम्पूर्ण तयारी पूरा भइसकेकोले संलग्न चार जनालाई नेपाल नागरिकता ऐन २०६३ अनुसार कारबाही गर्न भन्दै निवेदकले माग गरेका छन् ।

कप्लेश्वरले वडाध्यक्ष र सचिवले पैसाको प्रलोभनमा परी किर्ते कागज तयार गरी भारतको सुपौल जिल्ला, सातैनपट्टी छतौनी ग्रामपञ्चायत वडा नम्बर ३ निवासी बद्री यादवका छोरा १८ वर्षीय राजारामलाई महेश्वर यादवको नाममा नागरिकता दिने तयारी गरेको आरोप लगाउँदै उजुरी गरेका हुन् ।

उजुरीका साथ नक्कली नागरिकता दिन गत साउन १३ गते वडा कार्यालय मार्फत तयार गरिएको जन्मदर्ताको प्रमाणपत्र तथा नागरिकता प्रमाण पत्रका लागि असोज ७ गते सिफारिस गरिएको अनुसूची फारमको नक्कल र नक्कली बुवा बन्ने बिन्देश्वरी यादवको नागरिकताको प्रतिलिपी प्रमाणका रुपमा पेश गरिएको छ ।
अन्नपूर्णबाट

Logo