यस्तो पनि फोन

यस्तो पनि फोन


कन्ज्युमर इलेक्ट्रोनिस स्टार्टअप एसेन्सियल प्रोडक्सनले यस्तो फोन बनाउन लागेको छ जसले प्रयोगकर्ताको व्यवहारलाई बुझ्छ् , त्यसपछि फोनले आफैँ म्यासेज र ईमेल पठाइदिन्छ । कम्पनीको अनुसार एक सामन्य असिस्टेन्ट भन्दा दोब्बर इफेक्टिभ हुन्छ । यस कम्पनीको प्रमुख एन्डी रुबिन हुन जसले एन्ड्रोइड बनाएका थिए ।
एक इन्टरभ्युमा यो मोबाइलको बारेमा बताएका थिए
रुबिनले एक इन्टरभ्युमा बताएअनुसार उनी एक ठुलो प्रोजेक्टको सुरुवात गर्दैछन् । उनले भनेका थिए– ‘म यस्तो फोन बनाउन चाहन्छु, जुन प्रयोगकर्ताको भर्चुअल भर्सन बनोस् । जोकोहीले परिवारसँग बसेर शान्तिले खाना खान सकियोस् मोबाइलको कारण कुनै प्रकारको बाधा व्यवधान नआओस् साथै तपाई आफ्नो मोबाइललाई पुर्ण रुपमा भरोसा गर्न सकियोस्, तपाइको तर्फबाट जेसुकै गरेपनि त्यो सहि हुनेछ ।’
१.कम्पनीको अनुसार यो बजारमा उपलब्ध सबै मोबाइल भन्दा पुरै अलग छ । यसलाई यस्तो तरिकाबाट डिजाइन गरिरहेको छ ताकि भ्वाइस कमाण्डबाट अपरेट हुन सकोस् ।
२. यसमा भएको आर्टिफिसियल इन्टेलिजेस सफ्टवेयरले मिटिङ तय गर्ने, इमेलको जवाफ दिने र म्यासेज पठाउने जस्ता काम प्रयोगकर्ताको विना नै गर्नेछ ।
३.रुबिनको अनुसार यस मोबाइलको बनाउनुको पछाडी कम्पनीको उद्देश्य भनेको जो मानिस मोबाइलको एडिक्सनको शिकार भएका छन् । त्यस्तो मानिसलाई लत छुटाउनु हो ।
४. खासमा रुबिन मानिसले कल्पना गरेको डिभाइसको रुपमा वास्तविकतामा परिणत गर्न चाहन्छन् ।
एप्पल र सामसुङले पनि यस्तो फोन बनाउने छन्
–टेक्नोलोजीको जगतमा जोडिएको बिशेषज्ञको अनुसार एप्पल र सामसुङलाई चुनौती दिनको लागि रुबिन यस मोबाइलमा पुरा ध्यान लगाइरहेका छन् ।
–गुगल पनि जिमेलकोलागि यस्तै टेक्नोलाजीमा काम गरिरहेका छन् । जसबाट मेलको जवाफ अटोमेटिक जानेछ ।
एक्सपर्टले बताए – इनोभेटिभ आइडिया
एक्सपर्टले बताएका छन कि पुरै स्वतन्त्र एआई इनोभेटिभ आइडिया हो । जसले स्मार्ट असिस्टेन्टको प्रयोग गर्छ जसले पनि स्मार्ट असिस्टेन्टको प्रयोग गर्छ उसलाई थाहा हुनेछ कि यो सिस्टम उसलाई कत्तिको निर्भर बनाउनेछ । जसले सिरी (एप्पल) र एलेक्सा (अमेजन)को प्रयोग गर्छन् । उसले भर्चुअल असिस्टेन्टको महत्व बुझ्नेछ ।

Logo