एकै दिन १ हजार ८ सयले घट्यो सुन, कति छ आजको मूल्य ?

एकै दिन १ हजार ८ सयले घट्यो सुन, कति छ आजको मूल्य ?


काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुन १ हजार ८ सयले घट्दै ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यो साताको पहिलो दिन आइतबार सुन ३०० रुपैयाँले बढेको थियो। आइतबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएकोमा सोमबार स्थिर हुँदै सोही मूल्यमा कारोबार भएको थियो । आज भने १ हजार ८ सयले घटेको हो ।

सुन शुक्रबार ९४ हजारमा कारोबार भएको थियो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ५०० र तेजाबी सुनको मूल्य ९२ हजार कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३० रुपैयाँले घट्दै १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo