भारतसँग नेपाल १७१ रनले पराजित

भारतसँग नेपाल १७१ रनले पराजित


बंगलादेशमा जारी यू–१९ एसिया कपमा भारतसंग नेपाल पराजित भएको छ ।

भारतले दिएको ३०५ रनको चुनौती पछ्याएको नेपाल १७१ रनले पराजित भएको हो । नेपालका लागि कप्तान आसिफ शेखले २५, रोहितकुमार पौडेलले २४ र सन्दिप जोराले २० रन बनाए । ३६.५ ओभरमा नेपालका सबै खेलाडी आउट भएका हुन् । 

नेपाल र भारत यू–१९ एकदिवसीयमा अहिलेसम्म आठ पटक भिडेकोमा ७ खेल भारतले जितेको छ भने एक खेलमा नेपाल विजयी भएको छ ।

Logo