काठमाडौं । २१ औं अन्तर्राष्ट्रिय बीमा सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार काठमाडौंमा २१ औं अन्तर्राष्ट्रिय विमा सम्मेलनको उद्घाटन गरे । "/>

२१ औं अन्तर्राष्ट्रिय बीमा सम्मेलन काठमाडौंमा सुरु

२१ औं अन्तर्राष्ट्रिय बीमा सम्मेलन काठमाडौंमा सुरु


काठमाडौं । २१ औं अन्तर्राष्ट्रिय बीमा सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार काठमाडौंमा २१ औं अन्तर्राष्ट्रिय विमा सम्मेलनको उद्घाटन गरे ।

विकासशील राष्ट्रका बीमा र पुनर्बीमा कम्पनीहरुको संगठन (एआईआरडिसी) ले सो सम्मेलन आयोजना गरेको हो । सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले विमा क्षेत्रमा देखिएको जोखिम न्यूनिकरण गर्न सबै पक्षलाई लाग्न आह्वान गरे ।

उनले प्रविधिको नयाँ–नयाँ प्रयोगसँगै बीमा क्षेत्रमा पनि चुनौति थपिएको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढन विकाशशील राष्ट्रहरुबीच सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिए ।

अर्थमन्त्री खतिवडाले नेपालले बीमामार्फत् जनतालाई सशक्त बनाएर गरिवी निवारण गर्ने कामलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारे । उनले बीमा सेवाले सामाजिक–आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक नयाँ–नयाँ प्रविधिको प्रयोग गर्न ढिलाई गर्न नहुने बताए ।

२ दिनसम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलनमा विदेशी करिव २ सय तथा स्वदेशी करिव ४ सय बढिको सहभागिता रहेको छ । सम्मेलनमा प्राकृतिक विपत्तिको जोखिम न्यूनिकरणमा विमा कम्पनीहरुको भूमिकाका विषयमा पनि विस्तृत छलफल हुने बीमा समितिले जनाएको छ ।

 

Logo