सुन्दरी इन्स्पेक्टर, को हुन् यी (भिडियोमा)

सुन्दरी इन्स्पेक्टर, को हुन् यी (भिडियोमा)


फिल्ममा अभिनेत्रीहरु, प्रहरी अधिकृत भएको हामी सवैले देख्दै आएका छौं । एक्सन रोल गर्न सक्ने अभिनेत्रीहरु मात्र फिल्ममा इन्स्पेक्टर भएर देखापर्छन् । पछिल्लो समय अभिनेत्री रेखा थापाले केही फिल्ममा प्रहरी अधिकृत भएर एक्सन् देखाएकिछन् । मानौं इन्स्पेक्टर भनेको एक्सन् रोल नै हो ।

कल्पना गरौं, रेखा थापा वास्तविक जीवनमा समेत इन्स्पेक्टर भइन भने के उनले फिल्म लंकामा जस्तो चमत्कार देखाउन सक्लिन् ? यस प्रश्नको जवाफ के हुन्छ भन्न सकिदैन ? तर पछिल्लो पटक वास्तविक जीवनमा नै एउटी सुन्दरी मोडल प्रहरी प्रभागको प्रमुख भएर चर्चामा आएकी छन् । त्यो पनि शान्तिसुरक्षाको चुनौती ठानिएको स्थानमा । हो, कोटेश्वरको कमाण्ड सम्हाल्न आइपुगेकी छन्, क्रश खुकुरीको चिन्ह लगाएर सुन्दरी मोडल एलिजा गिरी । अर्थात इन्स्पेक्टर एलिजा गिरी ।

गत शनिवार कोटेश्वर र काँडाघारी प्रहरी प्रभागका केही प्रहरीलाई घुस सहित अख्तियार दुरुपयोग अनुसंधान आयोगले पक्राउ गरेपछि त्यहाँका प्रहरी प्रमुखलाई तत्काल फिर्ता बोलाईयो र ती ठाऊँमा अन्यत्र काम गर्ने प्रहरी अधिकृतहरु पठाईयो । त्यही क्रममा कोटेश्वरका इन्स्पेक्टर राजु लामालाई रिप्लेस गर्दै एलिजा त्यहाँको प्रमुख भएकी हुन् । हेर्नुहोस् भिडियोमा –

Logo