भक्तपुर


भक्तपुरको सूर्यविनायकमा गए राति बसले मोटरसाइकलमा ठक्कर दिँदा २ जनाको ज्यान गएको छ । "/>

गएराती भक्तपुरमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु

गएराती भक्तपुरमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु


भक्तपुर

भक्तपुरको सूर्यविनायकमा गए राति बसले मोटरसाइकलमा ठक्कर दिँदा २ जनाको ज्यान गएको छ । सूर्यविनायक–९ मा अरनिको राजमार्गमा बनेपा जाँदै गरेको बा ९ ख ९४५४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८० प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका चितवन घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारीको मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए ।

घाइतेको उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो । प्रहरीले घटनापछि फरार रहेका बसका चालक काभ्रे बनेपा चारदोबाटोका ३३ वर्षीय सनम श्रेष्ठ र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । 

रासस

Logo