महेन्द्रनगर

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग राख्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पुनः आन्दोलन शुरु भएको छ । "/>

महेन्द्रनगरमा फेरि सुरु भयो आन्दोलन : निर्मला पन्त हत्या प्रकरण

महेन्द्रनगरमा फेरि सुरु भयो आन्दोलन : निर्मला पन्त हत्या प्रकरण


महेन्द्रनगर

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग राख्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पुनः आन्दोलन शुरु भएको छ ।

महिला अधिकारकर्मी, स्थानीय र नेविसंघले चरणबद्ध आन्दोलन विहीबारदेखि शुरु गरेको हो । भदौ ८ गतेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर स्थानीय किशोर सनी खुन्नाको मृत्यु भएपछि रोकिएको आन्दोलन पुनः सुरु भएको हो ।

उच्चस्तरीय छानबिन समितिलाई काम गर्न दिने भन्दै यसअघि आन्दोलन रोकिएको थियो । समितिले समेत तोकिएको म्याद सम्म सत्यतथ्य बाहिर नल्याउनु र अहिलेसम्म हत्यारा सार्वजनिक हुन नसकेपछि पुनः दबावमुलक आन्दोलनका कार्यक्रम सुरु गरिएको दबाब मुलक संघर्ष समितिका संयोजक हेलेन श्रेष्ठले बताइन् ।

‘निर्मलाका हत्यारा पक्राउ र निर्मलाले न्याय पाउनु पर्ने हाम्रो शुरु देखिको माग हो’, संयोजक श्रेष्ठले भनिन ‘माग पुरा नभएसम्म आफूहरुको आन्दोलन निरन्तर जारी रहन्छ ।’ हरितालिका तीजका दिनमा कालो पहिरन लगाएर विरोध सुरु गरेका महिलाहरुले बिहीवार महेन्द्रनगर बजारमा थाल ठटाएर प्रदर्शन गरेका छन् ।

उनीहरुले बजार क्षेत्रमा प्रदर्शन गर्दै केहीबेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि धर्नासमेत दिए । ‘हामी निर्मलाका हत्यारा पक्राउ नपर्दा सम्म दबावमुलक कार्यक्रम गरिरहने छौं,’ अधिकारकर्मी प्रीतिधीर भण्डारीले भनिन्, ‘यो आन्दोलन भनेकै निर्मलालाई न्याय दिनका लागि हो।’
अन्नपूर्णबाट

Logo