काठमाडौं । आज देशभरीका विभिन्न घटनाक्रमहरुलाई केन्द्रबिन्दु डटकमले प्रकाशन गर्यो । राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक लगायत विभिन्न घटनाहरु केन्द्रबिन्दुबाट प्रकाशित भए । "/>

पढ्नुहोस् आज दिनभरीका मुख्य ५ समाचार (विस्तृतमा)

पढ्नुहोस् आज दिनभरीका मुख्य ५ समाचार (विस्तृतमा)


काठमाडौं । आज देशभरीका विभिन्न घटनाक्रमहरुलाई केन्द्रबिन्दु डटकमले प्रकाशन गर्यो । राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक लगायत विभिन्न घटनाहरु केन्द्रबिन्दुबाट प्रकाशित भए । केन्द्रबिन्दु अनलाईन मिडियाबाट दिनभरमा प्रकाशित भएका प्रमुख समाचाहरुः

जाजरकोटमा पहिरो, ९ जनाको मृत्यु

जाजरकोटमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ । प्रहरीकाअनुसार एकै परिवारका ४ सहित ९ जनाको मृत्यु भएको हो । विस्तृतमा

बंगलादेशमा विद्यार्थीहरुको आन्दोलन, नेपाली विद्यार्थी भोकभोकै

बंगालदेशको राजधानी ढाकामा एक सातादेखिको आन्दोलनले उग्र रुप लिएको छ । तिव्र गतिको एउटा सवारीको ठक्करबाट आफ्ना दुई जना साथीको मृत्यु भएपछि सुरक्षित यातायातको माग गर्दै बङ्लादेशको राजधानी ढाकाका हजारौ विद्यार्थीहरुले आन्दोलन चर्काइरहेका छन् । आन्दोलनका कारण नेपाली विद्यार्थीलाई निकै समस्या परेको छ । विस्तृतमा

दुई दिन घाम नलाग्दा सञ्चालनमा आएन कलंकीको ‘अण्डरपास’

पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ सञ्चालनमा ल्याइने भनी तोकिएको समय दुई पटक सरेको छ । सडक विभाग, चक्रपथ सुधार आयोजनाले असार दोस्रो सातामै ‘अण्डरपास’ सञ्चालनमा ल्याइने कुरा सार्वजनिक गरेको थियो । पहिलो म्यादमा काम पूरा नभएपछि दोस्रो पटक साउन पहिलो सातामै सञ्चालनमा आउने भनियो तर अझै सञ्चालन हुन सकेको छैन । विस्तृतमा

प्रधानमन्त्रीले फेरे आफ्नो सुरक्षागार्ड

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सुरक्षा गार्ड फेरिएका छन्। प्रधानमन्त्रीको सुरक्षा गार्डका रुपमा रहेका डिएसपी सानुरमा भट्टराई एसपीमा बढुवा भएपछि नयाँ बडिगार्ड खटिएका हुन् । विस्तृतमा

फुजेल घटनाको बहस शुरु

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस आइतबार सुरु भएको छ। जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुलीबाट बहस सुरु भएको अदालतका स्रेस्तेदार गहेन्द्र पन्तले जानकारी दिए। विस्तृतमा

Logo