काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको अस्वीकृतिले दुई तिहाइको दुरुपयोग भएको जनाएको छ । "/>

जोशीलाई अस्वीकृत गरेसँगै प्रमुख प्रतिपक्षी दल कांग्रेस असन्तुष्ट

जोशीलाई अस्वीकृत गरेसँगै प्रमुख प्रतिपक्षी दल कांग्रेस असन्तुष्ट


काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको अस्वीकृतिले दुई तिहाइको दुरुपयोग भएको जनाएको छ । कांग्रेसले संवैधानिक परिषद्ले सिफारिस गरेको व्यक्तिलाई संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि अस्वीकृत गर्नु दुई तिहाइको दुरुपयोग भएको जनाएको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले दुई तिहाइको दुरुपयोग गर्दै जोशीलाई अस्वीकृत गरेको बताए । ‘प्रधानमन्त्री आफैं अध्यक्ष रहेको संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि जोशीको नाम सिफारिस गरेको हो । अयोग्य भए किन सिफारिस गरियो ? प्रधानमन्त्रीसहित संवैधानिक परिषद्ले नै यसको जिम्मेवारी लिनुपर्छ,’ पौडेलले भने, ‘यो दुई तिहाइको दुरुपयोग हो ।’

जोशीलाई अस्वीकृत गरेसँगै प्रमुख प्रतिपक्षी दल कांग्रेस असन्तुष्ट बनेको छ । संवैधानिक परिषद्को सिफारिस बमोजिम प्रधानन्यायधीशको रोलक्रममा रहेका जोशीलाई विभिन्न बहानामा अस्वीकृत गरिएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको हो । कांग्रेसले स्पष्ट प्रमाणबिना जोशीलाई प्रधानन्यायाधीश हुनबाट बञ्चित गर्न नहुने अडान राख्दै आएको थियो । शुक्रबार बसेको सुनुवाइ समितिको बैठकमा समेत कांग्रेसले अस्वीकृत गर्नुपर्ने कुनै स्पष्ट कारण नरहेको भन्दै उनीबारे थप स्पष्ट हुन आवश्यक रहेको बताएको थियो ।

कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँडले न्याय क्षेत्रमा सरकारको हस्तक्षेप संविधानमा भएको शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको बताए । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जोशीको अस्वीकृति निर्देशित भएको बताए ।
राजधानीबाट

Logo