काठमाडौं

सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर आज गोरखा भूकम्पको पराकम्प गएको छ । "/>

सिन्धुपाल्चोक केन्द्र भएर ४.३ रेक्टरको पराकम्प

सिन्धुपाल्चोक केन्द्र भएर ४.३ रेक्टरको पराकम्प


काठमाडौं

सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर आज गोरखा भूकम्पको पराकम्प गएको छ । साँझ ५ बजेर ४४ मिनेट जाँदा ४.३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । यसअघि आजै बिहान धादिङको गजुरी आसपास केन्द्रविन्दु बनाई ४.८ रेक्टर स्केलको पराकम्प गएको थियो ।

केन्द्रको विवरण अनुसार गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको पराकम्प गएको थियो । त्यस्तै गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रविन्दु भई पाँच रेक्टरको पराकम्प गएको थियो ।

केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार ०७२ को गोरखा (७.६ रेक्टर स्केल) भूकम्पपछि हालसम्म चार रेक्टर स्केल भन्दा माथिका ५०६ पटक पराकम्प गएका छन् ।
रासस

Logo