चितवन
वर्षायाम शुरु भए सँगै नारायणगढ—मुग्लिन सडक दैनिक जसो अवरुद्ध हुदै आएको छ । आज पनि सो सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । "/>

मुग्लिन सडकमा आज पनि पहिरो : विहानै देखि यातायात ठप्प

मुग्लिन सडकमा आज पनि पहिरो : विहानै देखि यातायात ठप्प


चितवन
वर्षायाम शुरु भए सँगै नारायणगढ—मुग्लिन सडक दैनिक जसो अवरुद्ध हुदै आएको छ । आज पनि सो सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाउन पाँच देखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण ठाउँठाउँमा पहिरो खस्ने गरेको छ । यस अघि पनि सो ठाउँमा पटक पटक पहिरो खसिसकेको छ । सडक अवरुद्ध भएसँगै राजधानी आउने र फर्कने यात्रीहरु भने विच बाटोमै विचल्लीमा परेका छन् ।

 

Logo