काठमाडौँ

विगत लामो समय देखि छोराको हत्यारालाई कारबाहीको माग गर्दै आएकी गंगामायाको अनशन शुक्रबारबाट तोडिएको छ । "/>

सहमति पालना नभए फेरि पनि अनशन बस्छु : गंगामाया

सहमति पालना नभए फेरि पनि अनशन बस्छु : गंगामाया


काठमाडौँ

विगत लामो समय देखि छोराको हत्यारालाई कारबाहीको माग गर्दै आएकी गंगामायाको अनशन शुक्रबारबाट तोडिएको छ । उनी वीर अस्पतालमा अनशन बसेकी थिइन् । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाएका हुन् । त्यस अघि कानुनमन्त्री शेरबहादुर तामाङद्वारा हस्ताक्षरित २ बुँदे पत्र पनि गंगामायालाई दिइएको थियो ।

पत्रमा २०७२ असोजमा जनाइएको ५ बुँदे प्रतिबद्धता कार्यान्वयन गर्ने उल्लेख छ । साथै गंगामायाले र सरकारले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउन त्यसको अनुगमन गरी प्रतिवेदन बनाउने पनि पत्रमा उल्लेख छ । कानुनमन्त्री तामाङले गंगामायाको अनशन तोडिएको र गंगामायाले यसअघि गरिएका सहमति पालना गर्न सरकारलाई आग्रह गरेको जनाए । ‘विगतका सहमति पालना नभए फेरि पनि अनशन बस्छु भन्नुभएको छ, सरकार यसबारे गम्भीर छ’ –तामाङले भने ।

हत्या आरोपमा संलग्न भएका भनिएका छविलाल पौडेल सर्वोच्च अदालतमा आइतबार उपस्थित भएपछि डिल्लीबजार कारागार पठाइएको छ । पौडेलसँगै आरोपित अन्य अदालत उपस्थित भए पनि पौडेल भने यस अघि अदालतमा उपस्थित भएका थिएनन् । छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा अनशन बसिरहेका बुबा नन्दप्रसादको ३ सय २९ दिनपछि २०७१ असोज ६ गते निधन भएको थियो । नन्दप्रसादकी श्रीमती गंगाामाया भने अस्पतालमै अनशनरत थिइन् । गंगामाया र नन्दप्रसादले सँगै अनशन सुरु गरेका हुन् ।

कृष्णप्रसादको २०६१ साल जेठ २४ गते माओवादीले चितवनमा हत्या गरेका थिए । घटनाका दोषीलाई कानुनी कारबाही नभएको भन्दै परिवारले अझै सम्म शव उठाउन मानेका छैनन् । शवको दाहसंस्कार नहुँदा काजकिरिया पनि भएको छैन । नन्दप्रसादको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।
नेपाल समाचारपत्रबाट

Logo