काठमाडौं

पहिलो हाफमा एकगोलले पछि परेको अवस्था उल्ट्याउँदै स्विजरल्याण्डले जारी विश्वकपमा पहिलो जित दर्ता गरेको छ । "/>

गएरातीका खेलहरुमा स्विजरल्याण्ड, ब्राजिल र नाइजेरिया विजयी

गएरातीका खेलहरुमा स्विजरल्याण्ड, ब्राजिल र नाइजेरिया विजयी


काठमाडौं

पहिलो हाफमा एकगोलले पछि परेको अवस्था उल्ट्याउँदै स्विजरल्याण्डले जारी विश्वकपमा पहिलो जित दर्ता गरेको छ ।

सर्बिया विरुद्धको आफ्नो दोश्रो खेलमा स्विजरल्याण्डलाई महत्वपूर्ण जित दिलाउने क्रममा खेलको ५२ औं मिनेटमा ग्रयानिट जाकाले बराबरी गोल गरे । उनले २५ यार्ड टाढा बाट प्रहार गरेको बलले सिधै गोलपोष्टको जालि चुमेको थियो। त्यसपछि खेलको ९० औं मिनेटमा स्विजरल्याण्डका लागि विजयी गोल हुन पुग्यो । सकिरीले गरेको उक्त गोलले स्विजरल्याण्ड विजयी मात्रै नभई अघिल्लो चरण प्रवेसको सम्भावनालाई समेत मजबुत बनायो । खेलमा अग्रता भने सर्बियाले बनाएको थियो। सर्बियाका लागि खेलको ५ औं मिनेटमा एलेक्जेण्डर मिट्रोभिकले गोल गरेका थिए । पहिलो हाफको खेल सम्म जोगाएको अग्रतालाई दोश्रो हाफमा भने सर्बियाले जोगाउन नसक्दा एक खेल खेल्नु अगावै शिर्ष १६ मा पुग्ने सर्बियाको सपना चकनाचुर भयो । स्विजरल्याण्डलाई पराजित गरेको भए सर्बियाले नकआउट चरणमा स्थान सुरक्षित गर्ने थियो ।

यस्तै गए राती नै भएका अन्यखेलहरुमा ब्राजिल र नाइजेरिया विजयी भएका छन् । ब्राजिलले कोस्टारिकालाई अतिरिक्त समयमा २ गोल गर्दै रोमाञ्चक जित दर्ता गर्यो भने नाइजेरियाले आइस्ल्याण्डलाई पनि २,० को गोलअन्तरले पराजित गरेको थियो ।

 

Logo