काठमाडौं

प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५,०७६ का लागि आज शुक्रबार प्रदेशसभामा आयव्ययको विवरण प्रस्तुत गर्दैछ । "/>

प्रदेश ३ को बजेट आज प्रस्तुत हुँदै : करिव ३० अर्बको हाराहारीमा बजेट आउने अनुमान

प्रदेश ३ को बजेट आज प्रस्तुत हुँदै : करिव ३० अर्बको हाराहारीमा बजेट आउने अनुमान


काठमाडौं

प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५,०७६ का लागि आज शुक्रबार प्रदेशसभामा आयव्ययको विवरण प्रस्तुत गर्दैछ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा दिउँसो ३ बजे बजेट वक्तव्य राख्ने कार्यसूची रहेको छ ।

मन्त्रालय स्रोतका अनुसार मन्त्री ढुंगेलले प्रदेशसभामा प्रस्तुत गर्ने बजेटको आकार करिब ३० अर्बको हुनेछ । “४० अर्बको हाराहारीमा बजेट ल्याउने गरी काम भएपनि अन्तिममा करिब ३० अर्बको हाराहारीमा बजेट आउने पक्का भएको र ३० अर्ब भन्दा थोरै तलमाथि हुनसक्छ,” मन्त्रालय स्रोतले भन्यो ।

बजेटमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । यसअघि प्रदेशसभाबाट पारित बजेटको सिद्धान्त र प्राथमिकता अनि प्रदेश नीति तथा कार्यक्रमलाई टेकेर बजेट ल्याइएको बताइएको छ । नीति तथा कार्यक्रममा प्रदेशको गौरवको योजनाको रूपमा पहिलो सूचीमा समेटेको भीमफेदी–कुलेखानी सुरुङ मार्ग र प्रदेश चक्रपथ निर्माण प्रक्रिया सुरु गर्न बजेट विनियोजन गरेको छ ।

जिल्ला जिल्लामा गएर योजना संकलन गर्दा स्थानीयबाट १७ सय वटा योजना छनौट भएको र त्यसैमध्येबाट छनौट गरेर प्राथमिकताको आधारमा बजेट छुट्याइएको मन्त्रालयका सचिव वसन्त अधिकारीले जानकारी दिए । साना–साना आयोजनाहरूमा बजेट छर्ने प्रवृति अन्त्य गरिएको समेत उनले जानकारी दिए ।
कारोबारबाट

Logo