प्रदेशप्रदेश २समाचार

छिमेकीको मलामी जाने १२ जनालाई जनही १५ हजार धरौटी

विराटनगर । छिमेकीको मलामी गएको भन्दैं १२ जनालाई अदालतले जनही १५ हजार धरौटी तिराएको छ । मोरङको धनपालथान ७ की ८० बर्षीया रुब्दो राजवंशीको मलामी गएका १२ जनालाई जिल्ला अदालत मोरङले जनही १५ हजार धरौटी तिर्न आदेश दिएको हो । उनीहरु सबैले जनही १५ हजार धरौटी बुझाएका छन् ।

कात्तिक २२ गते राति खाटबाट लडेर रुब्दोको मृत्यु भएको खबर पाएपछि भाइटीकाकै दिन १२ जना छिमेकी मलामी गएका थिए । तर, अनुसन्धानका क्रममा रुब्दोको छोराले हत्या गरेको फेला परेको थियो ।

जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी सिवाकोटीको इजालसले हत्यामा संलग्न भएको अभियोगमा छोरा भेटलु र बुहारी रामकुमारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । भने मलामी गएकाहरुलाई धरौटीमा माग गरिएको छ ।

सामान्य विवादमा कोदालो प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कबिन्द्र कार्कीले जानकारी दिए । अन्त्येष्टि गरेपछि खबर आएको र घटनास्थलको सबुत प्रमाण नष्ट गरिएको कार्कीको भनाई छ ।

Comment here

CLOSE THIS

SKIP THIS

SKIP THIS

SKIP THIS

SKIP THIS