काठमाडौं

२१ औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता आउन अब १० दिन मात्रै बाँकी छ । "/>

२८ वर्षपछि विश्वकपमा फर्किएको इजिप्टको उत्साह

२८ वर्षपछि विश्वकपमा फर्किएको इजिप्टको उत्साह


काठमाडौं

२१ औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता आउन अब १० दिन मात्रै बाँकी छ । यस वीचमा विश्वकपमा सहभागी ३२ टोली अभ्यास र विभिन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा व्यस्त रहेका छन् ।

विश्वकपमा छनोट भएका सबै ३२ टोली विश्वकपलाई लिएर उत्साहित छन् । यसैमध्ये २८ वर्षपछि विश्वकपमा फर्किएको इजिप्ट अन्य टोली भन्दा सबैभन्दा बढी उत्साहित टोली रहेको मान्न सकिन्छ । किनभने इजिप्ट दक्षिण अफ्रिकाबाट रसिया विश्वकपमा छनोट हुने दोस्रो टोली बन्न पुग्दा २८ वर्षपछि विश्वकपको अन्तिम चरणमा स्थान बनाउन सफल भएको थियो ।

फिफा विश्वकपमा छनोट हुने पहिलो दक्षिण अफ्रिकी राष्ट्र बने पनि त्यसपछिका विश्वकपमा भने इजिप्ट छनोट नजिक पुगे पनि स्थान बनाउन सकेको थिएन । अन्ततः हेक्टर कुपरको प्रशिक्षणमा इजिप्टले विश्वकपमा स्थान बनाउन सफल भयो । सन् १९३४ र सन् १९९० को विश्वकप खेलेको इजिप्ट पहिलो सहभागितामा हंगेरीसँग ४–२ ले पराजित हुन पुगेको थियो । सन् १९९० मा इटालीमा भएको विश्वकपमा भने इजिप्टले सम्झनयोग्य प्रदर्शन गर्न सकेन । नेदरल्यान्डसँग १–१ को तथा आयरल्यान्डसँग गोलरहित बराबरी खेलेको इजिप्ट इंग्ल्यान्डसँग १–० ले पराजित हुँदा समूह चरण पार गर्न सकेन । इजिप्टले त्यतिबेला ३ खेलमा एक मात्र गोल गर्न सफल भएको थियो । माग्ली अब्देल घानीले नेदरल्यान्ड विरुद्ध बराबरी गोल गरेका थिए ।

इजिप्टले त्यसपछिका ६ संस्करणमा छनोट चरण पार गर्न सकेको थिएन । सातपटकको अफ्रिकी कप अफ नेसन्सको उपाधि उचालिसकेको इजिप्टलाई यसपटकको रसिया विश्वकपमा स्थान बनाउन इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहले महत्वपूर्ण भूमिका निभाएका थिए । विश्वकप छनोट चरणको ६ खेलमा ५ गोल गरेका २५ वर्षीय सलाह छनोटमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बने । उनकै प्रेरणादायी प्रदर्शनमा लिभरपुल ८ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल हुँदा प्रिमियर लिगमा लिभरपुल चौथो स्थानमा रहँदै अर्को सिजनको च्याम्पियन लिगलाई पनि स्थान बनाउन सफल भयो । अब यसपटकको विश्वकपमा भने उसले कस्तो प्रर्दशन गर्ने हो त्यो भने हेर्न बाँकी नै छ ।
एजेन्सी

Logo