काठमाडौं

नेपाली युवा स्पिनर सन्दीप लामिछाने पछिल्ला केहि महिना यता एकाएक चर्चामा छन् । "/>

सन्दीपलाई अर्को सफलता : क्यानेडियन लिग खेल्ने अवसर पनि उनैलाई

सन्दीपलाई अर्को सफलता : क्यानेडियन लिग खेल्ने अवसर पनि उनैलाई


काठमाडौं

नेपाली युवा स्पिनर सन्दीप लामिछाने पछिल्ला केहि महिना यता एकाएक चर्चामा छन् । उनी चर्चाको कारण क्रिकेटमा उनको चामत्कारिक प्रर्दशन हो । एक पछि अर्को सफलता पाउँदै भर्खरै आइपीएलसँगै विश्व ११ बाट खेलेर आएका सन्दीपले छलाङ मार्दै क्यानडाको ग्लोबल टी २० क्यानडा लिग खेल्ने भएका छन् । आइतबार उनी यस लिगका लागि लागि छनौट भएका हुन् ।

सन्दीपलाई लिगको मोन्ट्रेल टाइगर्स टोलीले छैटौं चरणमा खरिद गरेको प्रतियोगिताको अफिसियल ट्विटर एकाउन्टमा जनाइएको छ । पहिलो संस्करण आयोजना हुन लागेको प्रतियोगिता जुन २८ देखि जुलाइ १५ तारिख सम्म चल्नेछ ।

६ टोलीको सहभागिता रहेको प्रतियोगिता टोरन्टो स्थित माप्ले लिफ क्रिकेट क्लबको मैदानमा खेलिनेछ । प्रतियोगिताको मार्की प्लेयरका रुपमा शाहिद अफ्रिदी, डुवेन ब्रावो, क्रिस गेल, लसिथ मलिंगा, क्रिस लेन, सुनिल नारायण, डेभिड मिलर, लसिथ मलिंगा, अन्ड्रे रसेल, डरेन सामी, स्टिभ स्मिथ रहेका छन् ।

ड्राफ्टका लागि १६ सय खेलाडीहरुले नाम दर्ता गराएको थिए । ती मध्येबाट सन्दीप श्रीलंकाका लसिथ मलिंगा, तिसरा परेरा, वेष्ट इन्डिजका सुनिल नारायण, पाकिस्तानका मोहम्मद हफिज, जिम्बावेका सिकन्दर राजा आदि भएको टोली मोन्ट्रेल टाइगर्समा छनोट भएका हुन् ।

Logo