काठमाडौं

मुलुकमा एक्कासि हपहपी गर्मी बढेको छ । पूर्वी भेगको तुलनामा पश्चिम तराईका धेरैजसो भू–भागमा गर्मी ह्वात्तै बढेको हो । "/>

देशभरि नै गर्मी बढ्यो , मनसुन शुरु नभएसम्म यस्तै हुने

देशभरि नै गर्मी बढ्यो , मनसुन शुरु नभएसम्म यस्तै हुने


काठमाडौं

मुलुकमा एक्कासि हपहपी गर्मी बढेको छ । पूर्वी भेगको तुलनामा पश्चिम तराईका धेरैजसो भू–भागमा गर्मी ह्वात्तै बढेको हो । गर्मी बढेसँगै अधिकांश स्थानको जनजीवन प्रत्यक्ष प्रभावित बनेको छ । शनिबार नेपालगन्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । एक दिनको अन्तरमा त्यहाँको तापक्रम ३ डिग्री बढेको छ । शनिबार सो क्षेत्रको अधिकतम तापक्रम ४२ दशमलव २ डिग्री सेल्सियस रेर्कड भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम ३९ दशमलव ४ डिग्री सेल्सियस रहेको महाशाखाको तथ्यांक छ ।

अघिल्लो वर्ष अंग्रेजी महिनाको मे २६ तारिखमा नेपालगन्जको तापक्रम ४१ दशमलव २ डिग्री थियो । यसअघि पश्चिम तराईमा जेठ ८ गते सबैभन्दा बढी तापक्रम रेकर्ड भएको थियो, सो दिन धनगढीको अधिकतम तापक्रम ४१ डिग्री मापन भएको थियो । त्यसैगरी गत वैशाख २५ गते नेपालगन्जको अधिकतम तापक्रम ४० दशमलव ३ डिग्री सेल्सियस मापन भएको महाशाखको तथ्यांक छ ।

शनिबार धनगढीको तापक्रम ४१ दशमलव २ मापन भएको छ भने दीपायलको ३९, दाङको ३७ दशमलव ४, भैरहवाको ३६ दशमलव ३ र सिमराको ३५ दशमलव ५ डिग्री तापक्रम रेकर्ड भएको छ । पश्चिम तराईको तापक्रम तत्काल घट्ने मौसमी गतिविधि नदेखिएको मौसमविद शान्ति कँडेलले बताउनुभयो । ‘पूर्वी भेगमा हल्का वर्षासँगै मौसम केही धुमिने सम्भावना भए पनि पश्चिम तराईमा त्यस्तो सम्भावना नभएकाले पश्चिमी भेगमा गर्मी अझै बढ्न सक्छ ।’ –उहाँले भन्नुभयो । काठमाडौंमा पनि शनिबार यस वर्षकै सबैभन्दा बढी गर्मी महशुस गरिएको छ । शनिबार उपत्यकाको तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । शुक्रबार उपत्यकाको तापक्रम ३१ डिग्री थियो ।
नेपाल समाचारपत्रबाट

Logo