काठमाडौँ

वीर अस्पतालको एमआरआई सेवा एक साता देखि अवरुद्ध भएको छ । उपकरणमा समस्या आएपछि सात दिन देखि सो सेवा अवरुद्ध भएको हो । "/>

वीर अस्पतालको एमआरआई एक साता देखि अवरुद्ध : बिरामीहरू सास्ती भोग्न बाध्य

वीर अस्पतालको एमआरआई एक साता देखि अवरुद्ध : बिरामीहरू सास्ती भोग्न बाध्य


काठमाडौँ

वीर अस्पतालको एमआरआई सेवा एक साता देखि अवरुद्ध भएको छ । उपकरणमा समस्या आएपछि सात दिन देखि सो सेवा अवरुद्ध भएको हो । नेदरल्यान्डमा बनेको सो उपकरणको सामान सोही देशबाट ल्याउनु पर्ने भएपछि अझै केही दिन सेवा अवरुद्ध हुने अस्पतालले जनाएको छ ।

अस्पतालमा एमआरआई सेवा अवरुद्ध हुँदा बिरामीहरू सास्ती भोग्न बाध्य भएका छन् । वीर अस्पताल रेडियोलोजी विभाग प्रमुख डा. सरोज शर्माले एमआरआई सेवा अवरुद्ध हुँदा बिरामीले दुःख पाएकोमा चिन्ता व्यक्त गरे । कम्पनीले आवश्यक सामान मगाइसकेकाले एकदुई दिन भित्रै सेवा सुरु हुने उनले बताए ।
नयाँ पत्रिकाबाट

Logo