बारा

बाराको निजगढमा प्रस्तावित राष्ट्रिय गौरवको आयोजना दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनलाई वन मन्त्रालयले स्वीकृति दिएको छ । "/>

निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बाटो खुल्यो

निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बाटो खुल्यो


बारा

बाराको निजगढमा प्रस्तावित राष्ट्रिय गौरवको आयोजना दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनलाई वन मन्त्रालयले स्वीकृति दिएको छ । दक्षिण एसियाकै हब विमानस्थलको रूपमा विकास गर्ने लक्ष्य राखिएको निजगढ विमानस्थलको प्रतिवेदन स्वीकृत भएसंगै निर्माणका लागि बाटो खुलेको छ ।

विमानस्थलको ईआईए स्वीकृत नहुँदा वनका रुख काट्ने तथा साइड क्लियरेन्सको जिम्मा पाएको नेपाली सेना कामविहीन भएको थियो । “ईआईए स्वीकृत भएसँगै अब सेनाले काम थाल्ने छ,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भने । मन्त्री अधिकारीले सय दिने कार्यक्रम अन्र्तगत ईआईए स्वीकृत गराउने बताएका थिए । “अब निजगढ विमानस्थल निर्माणका धेरै अवरोध मध्ये मुख्य काम सकिएको छ र मोडालिटी समेत केही समयभित्र टुंगिनेछ,” मन्त्री अधिकारीले भने ।

सन् १९६० मै नेपालका ८ स्थान अध्ययन भएकोमा सबैभन्दा उपयुक्त स्थान निजगढलाई तोकिएको थियो । त्यसयता पटकपटक चर्चा हुँदै आए पनि ठोस कार्य भने हुन सकेको थिएन । वन मन्त्रालयले वातावरणलाई प्रभाव पर्न सक्ने १५ वटा सर्त राखेर ईआईए स्वीकृत गरेको हो । वन मन्त्रालयले १ रुख बराबर २५ रुख रोप्नु पर्ने सर्त राखिएको छ ।

बुधबार स्वीकृत भएको ईआईए प्रतिवेदन अनुसार ९० प्रतिशत जंगल पर्ने भएकोले २४ लाख रुख कटान गर्नुपर्ने उल्लेख गरेको नागरिक उड्डयन प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरव निर्देशनालयका प्रमुख प्रदीप अधिकारीले जानकारी दिए । प्रतिवदेनमा रुखको बिक्रीबाट ६९ अर्व १९ करोड ६५ लाख ८ हजार ४ सय ७५ रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
कारोबारबाट

 

Logo