धनगढी

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा आफुहरुसँग कुनै परामर्श र छलफल नै नगरेको गुनासो गरेका छन् । "/>

फोरम अध्यक्ष यादवको गुनासो : हामीहरुलाई नीति तथा कार्यक्रमका बारेमा एक शब्द पनि सोधिएन

फोरम अध्यक्ष यादवको गुनासो : हामीहरुलाई नीति तथा कार्यक्रमका बारेमा एक शब्द पनि सोधिएन


धनगढी

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा आफुहरुसँग कुनै परामर्श र छलफल नै नगरेको गुनासो गरेका छन् । संघीय समाजवादी फोरम कैलाली जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

सरकारमा नगए पनि ओली नेतृत्वको सरकारलाई समर्थन गरेका यादवले सहयोगी दलहरुको पनि परामर्श लिनु पर्नेमा सरकारले त्यस्तो नगरेको गुनासो गरे । ‘सरकारले सहयोगी दलहरुको परामर्श नै नचाहेको हो भने केही भन्नु छैन, तर हामीहरुलाई एक शब्द पनि नीति तथा कार्यक्रमका बारेमा सोधिएन’ उनले गुनासो गर्दै भने ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो रहेको बताए । ‘नीति तथा कार्यक्रममा हाम्रो पार्टीको समर्थन छ तर सल्लाह गरेको भए यो भन्दानी राम्रो गर्न सकिन्थ्यो ।’ उनले नीति तथा कार्यक्रममा आएका कुराहरु एकदमै बढी महत्वाकांक्षी भएकाले तीनको कार्यान्वयनमा भने चुनौती रहेको बताए ।
अन्नपूर्णबाट

Logo