गर्भमा रहेको बच्चाको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । उनीहरुलाई सामान्य कुराले पनि समस्यामा पार्न सक्छ । त्यसैले गर्भमा बच्चा भएको अवस्थामा उसको स्वास्थ्यलाई लिएर आमाबुबालाई निकै चिन्ता हुन्छ । "/>

गर्भको बच्चालाई खतरा त छैन ?

गर्भको बच्चालाई खतरा त छैन ?


गर्भमा रहेको बच्चाको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । उनीहरुलाई सामान्य कुराले पनि समस्यामा पार्न सक्छ । त्यसैले गर्भमा बच्चा भएको अवस्थामा उसको स्वास्थ्यलाई लिएर आमाबुबालाई निकै चिन्ता हुन्छ ।

बच्चा गर्भमा रहेको बेला उनीहरुको मुटुको चाल थाहा पाउन सकिन्छ । त्यही चालको आधारमा उनीहरु स्वस्थ्य छन् कि छैनन् भन्ने कुरा थाहा पाउन सकिन्छ । तर बच्चाको मुटुको चाल सुनिएन भने सावधान हुनुपर्छ । किनभने यस्तो अवस्थामा गर्भको बच्चामा गडबडी हुनसक्छ ।

गर्भावस्थामा यदि रक्तश्राव भएमा पनि त्यसलाई राम्रो मानिदैन । यसबेला कम्ममर दुख्नु सामान्य हो । तर असामान्य किसिमले कम्मर दुख्यो अथवा सहनै नसक्ने गरी कम्मर दुख्छ भने मूत्राशयमा संक्रमण हुनसक्छ ।

गर्भ रहेको २० हप्तापछि बच्चाको हलचल अनुभव गर्न सकिन्छ । गर्भको बच्चाले पटक पटक लात चलाउँछ । यदि कुनै हलचल भएन भने कुनै समस्या छ भन्ने बुझ्नुपर्छ ।

Logo