काठमाडौँ

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी आज आइतबार देखि १०० वर्षमा प्रवेश गर्दै छन् । "/>

शताब्दी पुरुष सत्यमोहन जोशी आज देखि सय वर्षमा टेक्दै

शताब्दी पुरुष सत्यमोहन जोशी आज देखि सय वर्षमा टेक्दै


काठमाडौँ

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी आज आइतबार देखि १०० वर्षमा प्रवेश गर्दै छन् । दायित्व वाङ्मय प्रतिष्ठानको १९ औँ वार्षिकोत्सवका अवसरमा शनिवार प्रतिष्ठानका महासचिव देवप्रकाश निरौलाले सो जानकारी दिँदै नेपाली कला तथा संस्कृतिका ज्ञाता जोशी नेपाली संस्कृति तथा कलाका गौरव भएको बताए ।

कार्यक्रममा प्रतिष्ठानद्वारा आयोजित विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै शताब्दी पुरुष जोशीले नेपाली कला तथा संस्कृतिको संरक्षणमा युवावर्गलाई सचेत पार्नु पर्ने आवश्यकता औँल्याए । जोशीले साहित्यले समाज परिवर्तनमा प्रमुख भूमिका रहने बताउँदै त्यसैले साहित्यकारले कविता लेख्दा पाठकको मन छुने साहित्य लेख्नुपर्ने सुझाव दिए ।

साहित्यकार श्रीओम श्रेष्ठ रोदन, बाल साहित्यकार रामबहादुर दाहाल, प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त लगायत वक्ताले साहित्यकारहरु सिर्जनाका पारखी भएकाले समाज निर्माणमा प्रभाव पर्ने खालका साहित्य लेख्नु पर्ने उल्लेख गरे । कार्यक्रममा संस्कृतिविद जोशीले डा विष्णुराज आत्रेय, देवीप्रसाद वनवासी, रामबहादुर पहाडी तथा कलाधर काफ्लेलाई ‘दायित्व वाङ्मय सम्मान’ तथा कृष्ण प्रधानलाई ‘हरिकला–गुणाकर दायित्व रचना पुरस्कार’ प्रदान गरे । प्रधानले प्राप्त रचना पुरस्कारको राशि १० हजार तथा सम्मानपत्र रहेको छ ।
रासस

Logo