पत्र-पत्रिका बाट

विद्याभूषणमा त्रिभुवन विश्वविद्यालयको मनपरी यस्तो

काठमाडौं

स्‍नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई दिइने विद्याभूषण पदक तथा अन्य पुरस्कारमा त्रिभुवन विश्वविद्यालयले मनपरी गरेको छ । वार्षिक र सेमेस्टर प्रणाली पढेकालाई एकै डालोमा राखेर पदक पाउने विद्यार्थी छानिएको छ । त्यसो गर्नु गलत भएको जानकारहरुको भनाइ छ । किनभने यी दुई प्रणालीमा पढाउने र नम्बर दिने शैली फरक छन् ।

त्रिवि अन्तर्गत स्‍नातकोत्तर तहमा २०७२ सालसम्म वार्षिक प्रणालीबाट मात्र पढाइ हुन्थ्यो । त्यही वर्षदेखि केही क्याम्पसमा सेमेस्टर र केहीमा वार्षिक प्रणालीबाट पढाइ भइरहेको छ । यो वर्षदेखि सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गरिएको छ । गत शैक्षिक सत्रमा भौतिक संरचना र पर्याप्त शिक्षक भएका क्याम्पसमा सेमेस्टर र संरचना पर्याप्त नभएका क्याम्पसमा वार्षिक प्रणालीबाटै पढाइ भएको थियो ।

पढाइको प्रकृति अनुुुुसार यी दुई थरि विद्यार्थीको मूल्यांकन तरिका फरक छ । सेमेस्टरमा उपस्थितिलाई अनिवार्य मानिन्छ । कुल एक सय पूर्णांकमा ४० प्रतिशत अभ्यासमूलक कार्य र ६० प्रतिशत सैद्धान्तिक विषयका लागि अंक दिइन्छ । वार्षिक अन्तर्गतका विद्यार्थीको एक सय पूर्णांकमै परीक्षा लिइन्छ । सेमेस्टरमा पढेका विद्यार्थीले उच्च अंक ल्याउँछन् । अधिकतम चार जीपीएसम्म दिइन्छ । वार्षिक परीक्षाका विद्यार्थीलाई प्राप्तांकलाई प्रतिशतमा गणना गरेर नम्बर दिइन्छ ।

एकै कक्षामा एकै विषय पढेका विद्यार्थीमध्ये कुुनैलाई धेरै र कुुनैलाई थोरै नम्बर दिनुु अवैज्ञानिक भएको तर्कका आधारमा सेमेस्टरमा ग्रेडिङ प्रणाली लागू गरिएको हो । पदक दिने बेलामा भने अव्यवहारिक भनेर हटाइएको पूरानो प्रणाली अपनाइएको छ । ‘त्रिविको यो शैली अवैज्ञानिक र अव्यवहारिक छ’, त्रिविकै नेपाली विषयका प्राध्यापक डा.रमेशप्रसाद भट्टराईले भने ।

त्रिविले स्‍नातकोत्तर तहमा २७ वटा विषयका उत्कृष्ट विद्यार्थीलाई विद्याभूषण पदक सिफारिस गर्छ । सेमेस्टर र वार्षिक प्रणालीका विद्यार्थीलाई नै पदक दिने हो भने ५४ वटा दिनुपर्छ । यसले ठूलो आर्थिक बोझ पार्ने छ ।
अन्नपूर्णबाट

Comment here

CLOSE THIS

SKIP THIS

SKIP THIS

SKIP THIS

SKIP THIS