काभ्रे

भुकम्प गएको ३ वर्ष पुग्दा समेत जिल्लामा निजी आवास निर्माणले गति लिन सकेको छैन । "/>

काभ्रेमा ७ प्रतिशत मात्र निजी आवास निर्माण सकियो

काभ्रेमा ७ प्रतिशत मात्र निजी आवास निर्माण सकियो


काभ्रे

भुकम्प गएको ३ वर्ष पुग्दा समेत जिल्लामा निजी आवास निर्माणले गति लिन सकेको छैन । जिल्लामा भएको भूकम्पको क्षति अनुसार ७ प्रतिशत निजी आवास निर्माण भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीको सूचीमा राखेको ७२ हजार ४ सय १७ भूकम्पपीडित मध्ये ६६ हजार ४ सय २ जनाले पहिलो किस्ता प्राप्त गरेका छन् । पहिलो किस्ता लिएर घर निर्माण गर्ने मध्ये सबैभन्दा धेरै महाभारत गाउँपालिकाका भूकम्पपीडित रहेका छन् । उक्त गाउँपालिकामा ७५.६२ प्रतिशत भूकम्प पीडितले आवास निर्माण गरिसकेका छन् । सबैभन्दा कम नमोबुद्ध नगरपालिकामा १२ प्रतिशत भूकम्पपीडितले आवास निर्माण गरेका छन् ।

खानीखोला गाउँपालिकामा ६० प्रतिशत नागरिकले पुनर्निर्माण गरेका छन् । शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा पीडितले आवास निर्माण गरेको तथ्यांकले देखाएको छ । पहिलो किस्ता लिएर दोस्रो किस्ता प्राप्त गर्ने पीडितको संख्या २८ हजार ५ सय २६ पुगेको छ । दोस्रो किस्ता लिएर घर निर्माण सम्पन्न गर्ने भूकम्पपीडित मध्ये ७ हजार ९ सय ४६ ले तेस्रो किस्ता प्राप्त गरिसकेका छन् । यो संख्या एनजीओ तथा आईएनजीओहरू मार्फत प्राप्त अनुदानको समेत तथ्यांक हो ।

जिल्लाको कुल तथ्यांकले भूकम्पपीडित मध्ये ७ प्रतिशत पीडितले मात्रै आवास निर्माण गरेका छन् । भूकम्पपछि जिल्लामा महत्वपूर्ण ३ वटा सडक निर्माण भइरहेका छन् । खोपासी–च्याम्ब्राङ्बेंसीको १४ किमि सडकको ७० प्रतिशत काम सकिएको छ भने कुन्ताबेंसी–नयाँगाउँ सडकको काम २० प्रतिशत मात्रै सम्पन्न भएको छ । हिगुवापाटी सडकको काम भर्खर शुरू भएको छ ।

भूकम्प पुनर्निर्माण समन्वय मञ्च नेपालको आयोजनामा जिल्लामा भइरहेका भूकम्पपछिको पुनर्निमाणको अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण धुलिखेलका प्रमुख ध्रुर्व गैडाको अध्यक्षतामा भएको कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपाल समाचारपत्रबाट

Logo