काठमाडौँ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार राति उडानका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको मलेसियाको मालिन्दो जहाज हटाउन अझै ३ घण्टा लाग्ने भएको छ । "/>

जहाज हटाउन तीन घण्टा लाग्ने : सबै उडान ठप्प

जहाज हटाउन तीन घण्टा लाग्ने : सबै उडान ठप्प


काठमाडौँ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार राति उडानका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको मलेसियाको मालिन्दो जहाज हटाउन अझै ३ घण्टा लाग्ने भएको छ । हाल जहाज हटाउने प्रयास जारी रहेको छ ।

धावनमार्गबाट विमान हटाउन करीब तीन घण्टा लाग्ने र त्यसपछि मात्रै विमानको उडान र अवतरण सुचारु हुने विमानस्स्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् ।

काठमाडौँबाट मलेसियाको क्वालालम्पुर तर्फ उड्न लागेको मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो।

उड्नका लागि धावनमार्गतर्फ गुडिरहेको जहाजको टायरमा समस्या आएपछि चिप्लिएर घाँसे मैदानमा पुगी भासिएको हो । जहाज चिप्लिएर घाँसे मैदानतर्फ पुगे पनि ठुलो दुर्घटनाबाट भने बचेको छ । तस्बिर – विकास कार्कीको फेसबुकवाट
अन्नपूर्णबाट

Logo