काठमाडौं

गुण्डा नाइके एवं प्रदेश ४ का प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई प्रहरीले आज पक्राउ गरेको छ । "/>

फरार अभियुक्त दीपक मनाङ्गे स्वयम्भुबाट पक्राउ

फरार अभियुक्त दीपक मनाङ्गे स्वयम्भुबाट पक्राउ


काठमाडौं

गुण्डा नाइके एवं प्रदेश ४ का प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई प्रहरीले आज पक्राउ गरेको छ । अदालतबाट सजायँ पाई फरार रहेका मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले विहीबार साँझ स्वयम्भुबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई पुनरावेदन अदालत पाटनले सुनाएको ५ वर्ष कैद फैसलालाई सर्वोच्च अदालतले गत माघमा सदर गरेपछि उनी फरार भएका थिए । मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा स्वतन्त्रबाट मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित मनाङ्गेले सर्वोच्चबाट कैद सजायँ सदर भएपछि पक्राउ पर्ने डरले सांसद पदको सपथ पनि लिएका थिएनन् ।

 

Logo