भक्तपुर

भक्तपुरको प्रसिद्घ बिस्का (बिस्केट) जात्राको चौथो दिन हिजो बिहान तालाक्वस्थित कुमाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ठड्याइएको छ । "/>

बिस्केट जात्रामा हात नभएको लिङ्गो उठाइयो

बिस्केट जात्रामा हात नभएको लिङ्गो उठाइयो


भक्तपुर

भक्तपुरको प्रसिद्घ बिस्का (बिस्केट) जात्राको चौथो दिन हिजो बिहान तालाक्वस्थित कुमाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ठड्याइएको छ । जात्राको चौथो दिन साँझ अर्थात् हिजैको दिन भक्तपुरकै भेलुखेलस्थित यसीँख्यमा ५५ हात लामो यसीँ (लिङ्गो) ठड्याउनु अघि बिहान कुमाले टोलमा हात नभएको लिङ्गो ठड्याइएको हो । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाइने उक्त लिङ्गोकोे टुप्पामा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन लिङ्गो ठड्याइने र वैशाख ५ गते सो लिङ्गो ढालिएपछि नौ दिन आठ रात लामो बिस्केट जात्रा सम्पन्न हुन्छ ।

भेलुखेलस्थित यसीँख्यमा हिजै ५५ हात लामो यसीँ (लिङ्गो) ठड्याएर जात्रा मनाइएको छ । बिस्केट जात्राको अर्को आकर्षण लिङ्गो ठड्याउनु हो । सो लिङ्गो शनिबार साँझतिर ढालिने गुठी कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले बताए । भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हात नीलो कपडाले बेरिएको हुन्छ । लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ ।

एकजोडी ध्वजा फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ । लिङ्गो उभ्याउन बाँधिएका आठ डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याइने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ । लिङ्गो ठड्याउनु अघि भैरवनाथ र भद्रकालीको रथ गःहिटीबाट तानेर भेलुखेलस्थित यसीँख्य पु¥याउनु पर्ने परम्परा छ ।
रासस

Logo