काठमाडौं

भारतीय समकक्षी मोदी र ओलीबीच शनिबार (आज) औपचारिक भेटवार्ता हुने प्रधानमन्त्री कार्यालयले वताएको छ । "/>

प्रधानमन्त्रीको भारत भ्रमणः आजका कार्यक्रम के के छन् त ?

प्रधानमन्त्रीको भारत भ्रमणः आजका कार्यक्रम के के छन् त ?


काठमाडौं

भारतीय समकक्षी मोदी र ओलीबीच शनिबार (आज) औपचारिक भेटवार्ता हुने प्रधानमन्त्री कार्यालयले वताएको छ । बिहान राष्ट्रपति भवनमा मोदीले ओलीलाई स्वागत गर्नेछन् । स्वागत पछि भारतीय सेनाले ओलीलाई उच्च सैनिक ‘गार्ड अफ अनर’ लिएपछि प्रधानमन्त्री ओलीसँग भारतका राष्ट्रपति र उपराष्ट्रपतिले भेट्ने कार्यक्रम छ।

त्यसपछि ओली राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुगरे दीप प्रज्वलन गर्ने कार्यक्रम छ । आजै हैदरावाद हाउसमा दुबै देशका प्रधानमन्त्री एक्ला एक्लै (वान टु वान) वार्ता हुने भने पनि हिजो साँझ नै यो वार्ता भएको छ । दुई देशका प्रतिनिधिमण्डल सहितको औपचारिक छलफल भने आज हुनेछ ।

दिल्लीबाटै दुबै प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत आयोजना र वीरगञ्जमा रहेको संयुक्त चेकपोष्टको उद्घाटन गर्ने छन् । हैदरावाद हाउसमै संयुक्त पत्रकार सम्मेलनको आयोजना हुनेछ । यसलार्इ दुबै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । ओलीसँग भारतीय विदेशमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले भेट्ने कार्यक्रम छ । भारतीय नेताले पनि शनिबार नै प्रधानमन्त्री ओलीसँग भेट गर्नेछन् । इण्डिया फाउण्डेसनले आयोजना गर्ने कार्यक्रममा पनि ओली सहभागी हुनेछन् । ओलीको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गरेका छन् भने राष्ट्रपति रामनाथ कोविन्दले रात्रिभोज दिनेछन् ।

Logo