काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पुनर्निर्माणको गतिलाई तीव्रता दिन निर्देशन दिएका छन् । "/>

भूकम्पपछिको पुनर्निर्माण प्रगति प्रति प्रधानमन्त्री असन्तुष्ट

भूकम्पपछिको पुनर्निर्माण प्रगति प्रति प्रधानमन्त्री असन्तुष्ट


काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पुनर्निर्माणको गतिलाई तीव्रता दिन निर्देशन दिएका छन् । आइतबार बालुवाटारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको परामर्श परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले प्राधिकरणको कामको प्रगतिसँग आफू सन्तुष्ट नरहेको बताए । उनले निजी आवास, पुरातात्विक सम्पदा लगायतको पुनर्निर्माण कार्य अब कुनै पनि बाहनामा ढिला हुन नदिन प्राधिकरण नेतृत्वलाई निर्देशन दिएका हुन् । परिषद्को अध्यक्ष समेत रहेका ओलीले पुनर्निर्माणमा देखिएका जटिलता फुकाउँदै हालको गतिलाई थप तीव्रता दिन जोड दिए ।

प्रधानमन्त्री ओलीले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बाहानाको आड नलिई तीव्र गतिमा अघि बढाउन निर्देशन दिए । ‘पुनर्निर्माणको काम धिमा गतिमा भयो, यसलाई गति दिनुपर्छ,’ उनले भने । कतिपय पीडितले मापदण्ड नपु¥याइ घर निर्माण गरेको भनेर सरकारले दिने अनुदान रोक्नु जायज नभएको प्रधानमन्त्री ओलीको भनार्इ छ । ‘भूकम्प गएको तीन वर्षपछि मापदण्डको फिता र डण्डी लिएर गएर हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘निर्माण गरिसकेका घरलाई अनुदान उपलब्ध गराउनु पर्छ ।’

पहिले देखि बसोबास गरि आएका तर जग्गाधनी पूर्जा नभएका घरधनीलाई पनि अनुदान रकम उपलब्ध गराउनु पर्ने प्रधानमन्त्री ओलीले बताए । त्यस्ता स्वबासी अनुचित ढंगले नबसेको बताउँदै उनले धनीपूर्जा नभए पनि अनुदानको रकम उपलब्ध गराउन निर्देशन दिए । ‘यसमा ऐन कानुनले केही अप्ठेरो पार्छ भने सच्याएर अरुले पाए सरह सुविधा दिने व्यवस्था गर्नुपर्छ,’ उनले भने ।
नागरिकबाट

 

Logo