ललितपुर

प्रेस काउन्सिल ऐन झण्डै २६ वर्ष पछि संशोधन हुने भएको छ । ‘प्रेस काउन्सिल ऐन संशोधन’ विषयक आयोजित छलफल कार्यक्रममा बोल्दै कामु अध्यक्ष किशोर श्रेष्ठले ऐन पुरानो भएकाले समय सापेक्ष नभएको बताए । "/>

२६ वर्ष पछि प्रेस काउन्सिल ऐन संशोधन हुँदै

२६ वर्ष पछि प्रेस काउन्सिल ऐन संशोधन हुँदै


ललितपुर

प्रेस काउन्सिल ऐन झण्डै २६ वर्ष पछि संशोधन हुने भएको छ । ‘प्रेस काउन्सिल ऐन संशोधन’ विषयक आयोजित छलफल कार्यक्रममा बोल्दै कामु अध्यक्ष किशोर श्रेष्ठले ऐन पुरानो भएकाले समय सापेक्ष नभएको बताए ।

कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायालय र पत्रकारिताको काम गर्ने शैली फरक भए पनि उद्देश्य एउटै भएको बताए । उनले भने, “ दुवैको उद्देश्य सत्यको खोजी नै हो ।” लोकतन्त्रमा जनताको नजिक रहने र जनताले विश्वास गर्ने क्षेत्र पत्रकारिता नै भएकोमा उनको जोड थियो । सञ्चारमाध्यमको दायरा मात्रै फराकिलो भएको भन्दा पनि पत्रकारको जिम्मेवारी अझै बढेको उनले औँल्याए ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले राससकोे समाचार स्रोत उल्लेख नगरी प्रयोग गर्ने काम रोक्नु पर्नेमा जोड दिए । कुनै पनि व्यक्तिलाई आरोप लगाएर समाचार लेख्दा एकतर्फी हुन नहुनेमा उनको जोड थियो । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले पत्रकार आफैँ जागरुक भए नियममा बाँध्नका लागि कानून नचाहिने विचार राखे ।

काउन्सिलका कावा अध्यक्ष श्रेष्ठले वि.सं. ०४८ मा बनेको ऐनले अनलाइन मिडिया नसमेटेको बताए । उनले भने, “सबै भन्दा बढी समस्या अनलाइन मिडियामा भए पनि ऐनले यस क्षेत्रलाई समेटेको छैन ।” मिडिया सम्बन्धी अरू ऐनसँगै प्रेस काउन्सिल ऐनको मस्यौदा अघि बढ्ने उनले बताए ।
रासस

Logo