जापान

नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको रङ्गिन साँझ - २ कार्यक्रमको निम्ती कलाकारको टुङ्गो लागेसङ्गै लोकगायक कुलेन्द्र बिक र गायिका रिता केसी जापान आउने भएका छन् । "/>

रङ्गिन साँझ -२ मा लोकगायक कुलेन्द्र बिक र गायिका रिता केसी जापान आउँदै

रङ्गिन साँझ -२ मा लोकगायक कुलेन्द्र बिक र गायिका रिता केसी जापान आउँदै


जापान

नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको रङ्गिन साँझ – २ कार्यक्रमको निम्ती कलाकारको टुङ्गो लागेसङ्गै लोकगायक कुलेन्द्र बिक र गायिका रिता केसी जापान आउने भएका छन् । लोकसङ्गित प्रेमी जापानबासी नेपालीहरुलाई मनोरन्जन प्रदान गर्नको निम्ती जापानको टोकियोमा अप्रिल १५ तारिक आइतबारका दिन उनिहरु जापान आउने भएका हुन् । साथमा जापानमै रहेका गायक तथा सङ्गितकार रामकृष्ण बममल्ल, गायक सुर्य खड्का र युवराज आचार्यले टोकियोको नाकनो जेरो हलमा दर्शकलाई नचाउने आयोजकले जानकारी दिएका छन् । रङ्गिन संसार डटकमको आयोजना गर्न लागिएको यो कार्यक्रम दोस्रो हो ।

पहिलो पटक जापान आउने तयारीमा रहेका लोकगायक कुलेन्द्र बिकले कार्यक्रम भव्य हुने कुरामा आशावादी रहेको जानकारी दिए । करिब ४ हजार भन्दा वढी लोक तथा दोहोरी गीत गाइसकेका गायक कुलेन्द्रका ‘नजाउ है सानु पँधेरिमा, मन परेरै हो कि, देउराली भाके है, जय जय होस्’ लगायत धेरै गीतहरु चर्चित छन् । त्यस्तै दोस्रो पटक जापान आउने तयारीमा रहेकी गायिका रिता केसी पनि उत्साहित छिन् । लोक, आधुनिक, चलचित्र सबै खालका गीत गाउन सक्ने भर्साटाइल गायिका रिता पनि जापानको भिषा लागे पछी उत्साहित छिन् । गायिका रिताले फेसबुकमा, जाउला कान्छी , बिन्दास पारामा लगायत २५० भन्दा बढी गीत गाइसकेकी छिन् । नयाँ वर्षको शुभकामना सहित रमाइलो गर्न उक्त दिन बिदा मिलाई कार्यक्रममा उपस्थित भैदिन आयोजकले जापानबासी नेपालीहरुलाई आग्रह गरेका छन् ।

Logo