पर्वत
पर्वतको फलेबास नगरपालिकाले बिद्युत महसुल नतिर्ने ग्राहकको लाईन काट्न शुरु गरेको छ । फलेबास नगरपालिका वडा नं १ कार्किनेटामा चार दिन देखि महसुल नतिर्ने ग्राहकको लाईन काट्न शुरु गरेको हो । "/>

विद्युत महसुल नतिर्ने फलेबासका ग्राहकको लाइन काट्न शुरु

विद्युत महसुल नतिर्ने फलेबासका ग्राहकको लाइन काट्न शुरु


पर्वत
पर्वतको फलेबास नगरपालिकाले बिद्युत महसुल नतिर्ने ग्राहकको लाईन काट्न शुरु गरेको छ । फलेबास नगरपालिका वडा नं १ कार्किनेटामा चार दिन देखि महसुल नतिर्ने ग्राहकको लाईन काट्न शुरु गरेको हो । लामो समय देखि बिद्युत महसुल नतिरेका ग्राहकको लाईन काट्ने निर्णय गरेपछि वडा अध्यक्ष बाबुराम शर्माको नेतृत्वमा चार दिन देखि धेरै लाईन काटि सकिएको छ । महसुल नतिर्ने कसैलाई पनि काखापाखा नगरि बिद्युतको लाईन काटिएको अध्यक्ष बाबुराम शर्माले बताए । ‘बिद्युत उपभोग गर्ने तर महसुल नतिरेको लामो समय भएकाले उपभोक्ता समितिको निर्णय अनुसार सबैको लाईन काटिएको हो’ उनले भने ।

अभियानका क्रममा वडामा बिद्युत महसुल नतिरेका सबै ग्राहकको लाईन काट्ने उनले जानकारी दिए । फलेबास नगरपालिकाको वडा नं १ कार्किनेतमा ४ सय ६५ घरधुरी रहेका छन । सामुदायिक बिद्युतीकरण मार्फत उपभोक्ताले श्रमदान गरि गाउँमा बिद्युत बालेका थिए । सामुदायिक बिद्युतीकरण भएको दशक भन्दा बढी भैसकेको छ । केही उपभोक्ताले समितिलाई अटेर गरेर बिद्युत महसुल तिर्न आनकानी गरेकाले लाईन नै काट्नु परेको वडा अध्यक्ष बाबुराम शर्माले बताए । बिद्युतको लाईन काटेपछि उपभोक्ताले धमाधम बक्यौता तिर्न थालेका छन । एकै दिन ६० हजार रुपैयाँका दरमा बक्यौता समेत उठिरहेको छ । बिहान लाईन काटेपछि हातहातमै पैसा लिएर बुझाउन थालेका छन् ।

फलेबास नगरपालिकाले सबै वडामा बक्यौता उठाउन यसरी नै लाईन बन्द गर्ने योजना बनाएको नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिकाका अधिकाँश वडामा सामुदायिक बिद्युतीकरणबाट बत्ती बलेको हो । अहिले महसुल नतिर्ने लगायतका समस्याले समिति आर्थिक संकटमा पर्दा मर्मतको काम समेत हुन सकेको छैन ।
नेपाल समाचारपत्रबाट

Logo