नेदरल्यान्ड्स र नेपालको पाँचौ भिडन्त आज

नेदरल्यान्ड्स र नेपालको पाँचौ भिडन्त आज


जिम्बाबेमा जारी आइसीसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौ स्थानको लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । 
 
एक दिवसीय मान्यता पाएपछि पहिलो पटक नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दैछ ।  बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवान्यूगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने पक्का भएको थियो ।
 
नेपाल र नेदरल्याण्ड्सले यसअघि एकआपसमा ४ पटक ५० ओभरको खेल खेलेका छन्। जसमा नेदरल्याण्ड्स र नेपाल समान २ पटक विजयी भएका छन् ।

Logo