केन्द्रबिन्दु विशेष संवाददाता/काठमाडौं ।  

भारत र पाकिस्तानबीचको द्वन्द नौलो होइन् । "/>

अनौठो आरोप प्रत्यारोपमा भारत-पाकिस्तान

अनौठो आरोप प्रत्यारोपमा भारत-पाकिस्तान


केन्द्रबिन्दु विशेष संवाददाता/काठमाडौं । 

भारत र पाकिस्तानबीचको द्वन्द नौलो होइन् । दुवै देशको वीचमा तनाव वढेर कहिले युद्धको अवस्थासम्म पुग्छ र त्यतिकै सेलाएर जान्छ । दुई देशको वीचको तनावको कारण दक्षिण एसियाली मुलुकहरुलाई नै असर पुगेको छ । दुई देशको तनावका कारण सार्क सम्मेलन दुई वर्षदेखि वस्न सकेको छैन् । अन्य क्षेत्रिय एजेण्डाहरु ओझेलमा परिरहेका छन् । यी दुई देश वीचको तनाव कहिले अन्त हुने हो यकिन छैन् ।

दुई देशको सिमानामा जहिले पनि तनावको अबस्था सिर्जना हुने गर्दछ । सैन्य तनावका कारण दुवै देशका सैनिकहरुको मृत्यु समेत हुने गर्दछ । दुई देशको वीचमा अन्य क्षेत्रमा जतिसुकै तनाव भएपनि कुटनीतिक क्षेत्रमा पनि प्रायः राम्रो सम्बन्ध स्थापित गर्ने प्रयास गरिन्छ । तर दुई देशको वीचमा पछिल्लो समयमा कुटनीतिक क्षेत्रमा नै तनावको अवस्था सिर्जना भएको छ । तर, पछिल्लो केही दिनयता दुबै देशले एक अर्कालाई अनौठो आरोप लगाएका छन् ।

तनावको कारण नै पाकिस्तानले हालै भारतमा रहेका आफ्ना राजदुतलाई परामर्शको लागि इस्लामावाद वोलाएको छ । मार्च महिनाको पहिलो साता एउटा अनौठो समाचार आयो । जस अनुसार इस्लामावादस्थित भारतीय दुतावासका सहायक राजदुतको निवासमा रातीको ३ वजे घन्टी वज्यो । भारतीय अधिकारीहरुले त्यसको कुनै रेस्पोन्स गरेनन् । पाकिस्तानको सुरक्षा निकायहरुले आफुलाई दुव्र्यवहार गर्न यो गरेको भनी भारतीय दुतावासले पाकिस्तानको विदेश मन्त्रालयमा गुनासो दर्ता गरायो ।

त्यसैको वदलामा दिल्लीस्थित पाकिस्तानी सहायक राजदुतको ढोका अगाडी घन्टी वज्यो । त्यसको केही समय अगाडी पाकिस्तानस्थित भारतिय दुतावासले निर्माण गरिरहेको एउटा आवासिय भवनमा पाकिस्तानी सुरक्षाकर्मी प्रवेश गरेको र पानीको लाइन काटिदिएको आरोप लागेको थियो । पाकिस्तानी अधिकारीहरुले त्यहाँ काम गर्ने मजदुतरहरुले पर्यात सुरक्षा क्लियरेन्स पुरा नगरेको र अहिले त्यो समस्या समाधान भएको वताएका छन् ।

उता भारतले भने आफ्नो दुतावासमा निर्माणमा सम्पन्न कम्पनी तथा कामदारलाई पाकिस्तानले भिसा नदिएको आरोप लगाएको छ । दुबै देशले यी वाहेकका अन्य आरोपहरु समेत लगाएका छन् । उता दिल्लीमा रहेको पाकिस्तानका अधिकारीहरुले आफुहरुलाई निरन्तर रुपमा दुःख दिएको र मोनिटरिङ गरिरहेको वताएका छन् । हालै दिल्लीस्थित पाकिस्तानी अधिकारीका छोरालाई स्कुल लैजाने समयमा वसका ड्राईभरलाई पिछा गरेको र दुःख दिएको खबर सार्वजनिक भएको थियो । यति मात्र होइन, दिल्ली र इस्लामावादमा रहेका गल्फ तथा अन्य संगठनको सदस्यता एक अर्काको कुटनीतिक अधिकारीहरुलाई नदिएका खबरहरु समेत सार्वजनिक भईरहेका छन् ।

तर यो पहिलोपटक भने होइन, यस्ता आरोपहरु आपसमा लागिरहेकै थियो । सन् २०१६ मा भारतले आफ्नो दुतावास नन फेमेली पोष्ट भएको र परिवारका सदस्यहरुलाई दिल्ली वोलाएपछि पाकिस्तान क्रुद्ध वनेको थियो । यस अगाडि सन् २०१३ मा आफ्ना एक कुटनीतिज्ञलाई वाटोमा कुटेको आरोप पाकिस्तानले भारतलाई लगाएको थियो । विश्लेषकहरुका अनुसार दुई देशको वीचमा जतिवेला राजनीतिक तहमा सम्बन्ध बिग्रन्छ, कुटनीतिक तहमा यस्ता समस्याहरु आउने गर्दछन् ।

Logo