काठमाडौँ
ट्यांकरबाट हुने इन्धन चोरी र मिसावट सम्बन्धी समस्या समाधान गर्न आयल निगमले ट्यांकरमा लकिङ प्रविधि जडान गर्ने भएको छ । "/>

आज देखि इन्धन ट्यांकरमा लकर सुविधा

आज देखि इन्धन ट्यांकरमा लकर सुविधा


काठमाडौँ
ट्यांकरबाट हुने इन्धन चोरी र मिसावट सम्बन्धी समस्या समाधान गर्न आयल निगमले ट्यांकरमा लकिङ प्रविधि जडान गर्ने भएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) को प्राविधिक तथा आर्थिक सहयोगमा आज बुधबार देखि औपचारिक रूपमा ट्यांकरमा लकिङ प्रविधि जडान गरिने निगमले जानकारी दिएको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आज भारतको सिलगुडी स्थित आईओसीको डिपोमा यो प्रविधि जडान गर्न औपचारिक कार्यक्रम हुँदैछ । कार्यक्रमको उद्घाटन आईओसीका तर्फबाट प्रमुअ महाप्रबन्धक एसएस बोस र निगमका तर्फबाट सञ्चालक समितिका नवनियुक्त सदस्य अरविन्द अग्रवालले संयुक्त रूपमा गर्ने भएका छन् । ट्यांकरबाट वार्षिक करोडौं मूल्य बराबरको इन्धन चोरी, चुहावट र गुणस्तरमा आउने कमीलाई नियन्त्रण गर्न उक्त सुविधा जडान गर्न लागिएको हो । अघिल्लो वर्षको जेठ देखि यो सुविधा जडान गर्ने कार्यक्रम भए पनि लकिङ (ताल्चा) निर्माणमा समय लागेकाले यो वर्षको फागुन अन्तिम साता देखि कार्यान्वयनमा आउन लागेको हो ।

ट्यांकरमा लकिङ सुविधा जडान विषयमा गत वर्ष नै आईओसी र निगम बीच दुई पक्षीय सहमति भएको थियो । ट्यांकर चालक र निगमको मिलोमतोमा ढुवानी गर्ने क्रममा बाटोमै ठूलो परिमाणमा इन्धन चोरी हुन थालेपछि निगमले यो प्रविधिलाई कार्यान्वयनमा ल्याउन आवश्यक सबै तयारी सम्पन्न गरिसकेको छ । लकिङ प्रविधि सुविधा कार्यान्वयन समितिका संयोजक समेत रहेका गोइतका अनुसार ट्यांकरमा लकिङ प्रविधि सुविधा दुई चरणमा जडान गरिनेछ ।
अन्नपूर्णबाट

Logo