वीरगन्ज
पर्साको तीन वटा स्थानीय तहका सामुदायिक विद्यालयका शिक्षकहरुले बिगत चार महिना देखिको तलब नपाएको भन्दै धर्ना दिएका छन् । "/>

तलब नपाएको भन्दै शिक्षकहरु धर्नामा

तलब नपाएको भन्दै शिक्षकहरु धर्नामा


वीरगन्ज
पर्साको तीन वटा स्थानीय तहका सामुदायिक विद्यालयका शिक्षकहरुले बिगत चार महिना देखिको तलब नपाएको भन्दै धर्ना दिएका छन् । उनीहरुले वीरगन्ज महानगरपालिकाको मुल गेटमा धर्ना दिएका हुन् । वीरगन्ज महानगरपालिका पर्सागढी नगरपालिका र ठोरी गाउँपालिकाको शिक्षकहरुले तलब नपाएको भन्दै उनीहरुले बिरोध गरेका हुन् । दोस्रो चौमासिक निकासा मार्फत पाउनु पर्ने तलब नपाएको शिक्षकहरुको भनार्इ छ ।

तलब नपाउँदा घर व्यवहार चलाउन निकै समस्या भइरहेको उनीहरुले बताएका थिए । विभिन्न दवावमुलक कार्यक्रमहरु गर्दा पनि स्थानीय तहले शिक्षकहरुको समस्यालाई गम्भीर रुपमा नलिएकोले आन्दोलनमा उत्रनु परेको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले बताए । वीरगन्ज महानगरपालिकाबाट तलब निकासा नभए सम्म आन्दोलन जारी रहने पनि उनीहरुले बताएका छन् । शिक्षकहरुको समस्या प्रति सरकार गम्भीर नभएका कारण धर्नामा उत्रनु परेको अध्यक्ष यादवको भनार्इ छ ।
नेपाल समाचारपत्रबाट

Logo