काठमाडौँ
सैन्य शक्तिको हिसाबले नेपाल विश्वको ९७ औं स्थानमा परेको छ । सन् २०१७ मा विश्वभरका १३३ मुलुकको सैन्य शक्ति र हातहतियारलाई आधार मानेर गरिएको वर्गीकरणमा नेपालले गत वर्ष भन्दा सुधार गरेको छ । "/>

सैन्य शक्तिमा नेपाल ९७ औं स्थानमा

सैन्य शक्तिमा नेपाल ९७ औं स्थानमा


काठमाडौँ
सैन्य शक्तिको हिसाबले नेपाल विश्वको ९७ औं स्थानमा परेको छ । सन् २०१७ मा विश्वभरका १३३ मुलुकको सैन्य शक्ति र हातहतियारलाई आधार मानेर गरिएको वर्गीकरणमा नेपालले गत वर्ष भन्दा सुधार गरेको छ । नेपाल गत वर्ष ९८ औं स्थानमा थियो । विश्वभरका आधुनिक हतियार र सैन्य शक्तिको विश्लेषण तथा अनुसन्धान गर्ने संस्था ‘ग्लोबल फायर पावर’ (जीएफपी) ले यस्तो वर्गीकरण गर्ने गर्छ ।

वर्गीकरणमा अमेरिका पहिलो, रुस दोस्रो स्थानमा रहेका छन् । नेपालका दुई छिमेकी चीन र भारत क्रमशः तेस्रो र चौथो स्थानमा छन् । जीएफपीले सैन्य शक्तिको वर्गीकरण गर्दा परम्परागत युद्ध हतियार तथा उपकरणलाई समावेश गरिएको जनाएको छ । यसमा परमाणु हतियार भने समावेश गरिएको छैन ।

सैन्य शक्तिको वर्गीकरण गर्दा कति परिमाणमा हतियार छन् भन्दा पनि हतियारको विविधतालाई जोड दिइएको उक्त संस्थाले जनाएको छ । त्यस्तै उपलब्ध जनशक्ति विशेष मापदण्ड मानिएको छ । भौगोलिक कारण, सैन्य लचकता, प्राकृतिक स्रोत र स्थानीय उद्योगले अन्तिम वर्गीकरणमा प्रभाव पार्ने संस्थाले जनाएको छ । भूपरिवेष्ठित मुलुकलाई जल सैनिक नभएर वर्गीकरणमा असर नगर्ने र नाटोसँगको गठबन्धनले वर्गीकरणमा थप फाइदा पुग्ने संस्थाले जनाएको छ ।
नागरिकबाट

Logo