माओवादी नेता कृष्ण बहादुर महरा संघीय संसदको सभामुखमा निर्बाचित भएसँगै माओवादीभित्र आलोचना चुलिएको छ । बिगतदेखि नै आलोचनाका पात्र बन्दै आएका महराले फेरि पनि ५ बर्षका लागि जागिर पक्का गरेपछि असन्तुष्टिहरु ह्वात्तै बढेका हुन् । "/>

‘माओवादीका गच्छदार’ अर्थात सबैभन्दा ‘भाग्यमानी’ माओवादी नेता

‘माओवादीका गच्छदार’ अर्थात सबैभन्दा ‘भाग्यमानी’ माओवादी नेता


माओवादी नेता कृष्ण बहादुर महरा संघीय संसदको सभामुखमा निर्बाचित भएसँगै माओवादीभित्र आलोचना चुलिएको छ । बिगतदेखि नै आलोचनाका पात्र बन्दै आएका महराले फेरि पनि ५ बर्षका लागि जागिर पक्का गरेपछि असन्तुष्टिहरु ह्वात्तै बढेका हुन् ।

सँगै युद्ध लडेका कयौले अझैसम्म एउटा पनि अबसर नपाईरहेका बेला पार्टी अध्यक्षले फेरि पनि महरालाई नै च्यापेपछि ‘प्रचण्डको महरा मोहमा के छ जादु ?’ भन्नेहरु बढेका छन् । पार्टी जतिसुकै फुटोस् या आफुलाई जतिसुकै घात गरोस प्रचण्डको ‘महरा मोह’ भंग हुन् सकेको छैन । ५० करोडको टेपकान्ड होस् वा टेलिकम कम्पनीलाई लाइसेन्स काण्ड यस्ता थुप्रै काण्डका बावजुद पनि प्रचण्डको काख पाउनुलाई रहस्यकै रुपमा लिईन्छ ।

प्रचण्डको ‘महरा मोह’ ले पार्टी भित्र आश्चर्य छाउनु त स्वाभाविक नै भयो बाहिर पनि उत्तिकै जिज्ञासाहरु पैदा भएका छन् । प्रचण्डको कुनै त्यस्तो बाध्यता थियो या कुनै लोभ जसले महरालाई सधै काखमा राख्न आतुर देखिए । 

अबसर नै अबसर

कृष्णबहादुर महरा सर्वप्रथम बि.स. २०४८ सालमा संसदमा प्रवेश गरेका थिए । त्यतिबेला उनी तत्कालिन जनमोर्चाबाट रोल्पाबाट विजयी भएका थिए । त्यस्तै ०६४ र ०७० का दुई संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन जितेर सभासद बने ।

महरालाई ‘माओवादीका गच्छदार’ रुपमा चिनिन थालेका छन् । माओवादी शान्ति प्रक्रियामा आएदेखि नै महराले कुनै न कुनै अबसर छुटाएका छैनन् । माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलो पटक उनी अन्तरिम विधायक बने । त्यसपछि गिरिजाप्रसाद कोइराला सरकारमा माओवादीको नेतृत्वगर्दै मन्त्री बने । त्यसबेला महरा सञ्चारमन्त्री बनेका थिए ।

त्यसै गरि बि.स. २०६५ सालमा पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा पनि महरा मन्त्री बन्न सफल भए । त्यसबेला पनि उनी सञ्चारमन्त्री नै बने । त्यसपछिको झलनाथ खनाल नेतृत्वको सरकारमा गृहमन्त्री रहेका महरा २०७३ सालमा प्रचण्डको नेतृत्वमा उपप्रधानसहित अर्थमन्त्री नै बने । यति मात्र होइन तत्कालिन शेरबहादुर देउवा सरकारमा उनी परराष्ट्र मन्त्री बने ।

यसरी पटक पटक उपप्रधानमन्त्रीसहित ६ पटक मन्त्री भइसकेका महरा फेरि सभामुख बन्न सफल हुनुलाई धेरैले ‘प्रचण्डको रहस्यमयी बाध्यता’का रुपमा लिन थालेका छन् ।

Logo