‘सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु हुन्न’- गगन थापा

‘सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु हुन्न’- गगन थापा


नेपाली काँग्रेसका नेता गगन थापाले पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुन नहुने बताएका छन् । 

चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै दुई तिहाई बहुमत पु¥याउन लागेको कम्युनिष्ट सरकारसँग संसद्मा भिड्नुपर्ने भएकाले एकै व्यक्तिले दुई मोर्चामा रहेर काम गर्न नसक्ने विचार व्यक्त गरे ।

साथै उनले संविधानको मर्मअनुसार सरकार चल्यो कि चलेन भनेर त्यसको रखवाली गर्ने काम पनि गर्नुपर्ने बताए ।

Logo