तपाईंलाई आलियाका ५ टिप्स

तपाईंलाई आलियाका ५ टिप्स


निर्देशक तथा निर्माता महेश भट्टकी क्युट छोरी आलिया भट्ट हेल्थ कन्सस छिन् । नहुन् पनि किन, उनी बलिउड अभिनेत्री जो परिन् ।
आलिया भट्ट स्टाइलिस छिन् । उनमा फिटनेस एडिक्सन नै छ । केही समयअघि उनले समर टिप्स दिएकी थिइन् । गर्मी सिजनमा कसरी आफ्नो स्किन जोगाउने भन्ने कुरा उनले शेयर गरेकी हुन् ।

१. गर्मी त दिनदिनै बढ्दैछ । तर जतिसुकै गर्मी बढेपनि आफ्नो काम छाड्नु हुन्न । अब आफुलाई फिट राख्नका लागि खुब पानी पिउनुहोस् । आफुलाई हाइड्रेड राख्नुहोस् । कागती पानी, आइस टि सेवन गर्न सक्नुहुनेछ ।

२. गर्मीमा तपाई यस्तो लुगा लगाउनुहोस् त्यो स्टाइलिस भएर पनि सजिलो खालको होस् । लुगाले तपाईको काममा अप्ठ्यारो नबनाओस् । हल्का लगाउनुहोस् । लिनन, मलमलको हल्का पहिरन उपयुक्त हुन्छ ।

३. गर्मी चर्को भएपछि अल्छी लाग्छ । गर्मीले गर्दा काम गर्न मन लाग्दैन । तर त्यसो भन्दैमा काम पनि छाड्न सकिने होइन । त्यसैले अल्छी भगाउनका लागि एक्सरसाइज गर्नुहोस् । जुम्बा जानुहोस् । स्विमिङ जानुहोस् ।

४. सन ग्लास त गर्मीमा लगाउनैपर्छ । यसले तपाईको लुक्स स्टाइलिस देखिन्छ । त्यतीमात्र होइन, आखाको पनि बचाउ गर्छ । तपाईलाई सितल अनुभव गराउछ ।

५. हिल स्टेशनमा जानुहोस् । गर्मी छल्ने राम्रो उपाया हो यो । पहाडतिर चल्ने सितल हावाले तपाईलाई ताजा महसुष गराउनेछ ।

 

Logo