काभ्रे
जनप्रतिनिधिलाई खुसी पार्न एउटा ‘एनजीओ’ ले ५ घण्टे कार्यक्रममा ४ हजार ६ सय नगद र १ हजार बराबरको खाजा र खाना उपलब्ध गराएको छ । "/>

काभ्रेका जनप्रतिनिधिलाई खुसी पार्न ४६ सय भत्ता

काभ्रेका जनप्रतिनिधिलाई खुसी पार्न ४६ सय भत्ता


काभ्रे
जनप्रतिनिधिलाई खुसी पार्न एउटा ‘एनजीओ’ ले ५ घण्टे कार्यक्रममा ४ हजार ६ सय नगद र १ हजार बराबरको खाजा र खाना उपलब्ध गराएको छ । खाना र खाजाका लागि १ हजार रुपियाँ खर्च गरेको उक्त एनजीओले आवास र यातायात बापत ५ घण्टाको ४ हजार ६ सय रुपियाँ रकम उपलब्ध गराएको हो । सबै जनप्रतिनिधि सदरमुकाम आसपासमै उपलब्ध थिए । सामुदायिक मेलमिलापकर्ता समाज नेपालले आयोजना गरेको सामुदायिक मेलमिलाप सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिलाई उक्त रकम उपलब्ध गराइएको सामुदायिक मेलमिलापकर्ता समाज नेपालका अध्यक्ष शोभा बस्नेतले जानकारी दिनुभयो ।

‘जनप्रतिनिधिलाई टाढा देखि आउँदा बासको समेत समस्या पर्ने देखेर हामीले १२ सयका दरले दुई दिनको २४ सय र यातायात खर्च १ हजारको दरले उपलब्ध गराएको हो’, बस्नेतले भन्नुभयो– ‘जनप्रतिनिधिलाई आफ्नो वशमा पार्न पनि त खर्च गर्नुपर्यो नि ’ बस्नेतले जनप्रतिनिधिलाई आफ्नो वशमा पार्न तलब भत्ता समेत नभएको अवस्थामा रकम उपलब्ध गराएको जानकारी दिनुभयो ।

द एसिया फाउन्डेसनको सहयोगमा देशको विभिन्न जिल्लामा सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन भइरहेको छ । सामुदायिक मेलमिलाप कार्यक्रम प्रभावकारी बनाउन नसकिएको भन्दै स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरूलाई वशमा ल्याउन उक्त कार्यक्रम गरिएको बस्नेतले जानकारी दिनुभयो । काभ्रेपलाञ्चोक जिल्लामा विगत वर्ष देखि सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन भए पनि जनप्रतिनिधि निर्वाचित भएसँगै प्रभावकारी नभएकाले सामुदायिक मेलमिलापकर्तालाई प्रभावकारी बनाउन उक्त कार्यक्रम आयोजना गरिएको बस्नेतले बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

Logo