ट्रिफरका सहचालकमाथि गोली प्रहार

ट्रिफरका सहचालकमाथि गोली प्रहार


काठमाडौँ । सर्लाहीको बरहथवामा ट्रिफरका सहचालकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहको गोली प्रहारबाट ना १ क ६६३५ नम्बरको सहचालक सर्लाहीको हरिवन नगरपालिका ११ घुर्कौलीका १९ वर्षीय महावीर तामाङ घाइते भएका हुन्।

गएराती सवा १२ बजे बरहथवा नगरपालिका ७ स्थित लालदियर चौरमा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। ट्रिफर लिएर स्थानीय चौरमा ढुंगागिट्टी लिन गएको बेला तामाङमाथि गोली प्रहार भएको हो।

गंभिर घाइते तामाङलाई उपचारको लागि वीरगञ्ज लगिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।

Logo