माओवादीद्वारा तीन नेता निस्कासन, छुट्टै पार्टी बनाउने

माओवादीद्वारा तीन नेता निस्कासन, छुट्टै पार्टी बनाउने


काठमाडौं । पार्टी एकताका लागि तयार गरिएको ७ बुँदे आधारपत्रमा असन्तुष्ट तीन नेतालाई माओबादीले निस्कासन गरेको छ ।

पार्टी नीति विपरित अभिव्यक्ति दिएको भन्दै गोपाल किराती, लोकेन्द्र विष्ट र विश्वभक्त दुलाललाई निश्कासन गरेको हो । एकताबारे फरक मत फरक मत राख्दै आएका केहि नेताहरुले अब  नयाँ माओवादी पार्टी बनाउने प्रतिक्रिया दिएका छन् । 

सोमबार मध्यरात एमाले र माओवादी केन्द्रबीच पार्टीको मार्गनिर्देशक सिद्दान्त माक्र्सवाद–लेनिनवाद रहने, एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, दुबै पार्टीको राजनीतिक वैचारिक आधारमा टेकेर सोहि बिचारलाई अगाडि बढाउँदै समाजवादको आधार निर्माण गर्नेलगायतका ७ बुँदे सहमति भएको थियो । सो सहमतिपछि उनीहरुले दुई पार्टीबीचको सहमति कम्युनिष्ट आन्दोलनको विसर्जन भएको भन्दै अब नयाँ पार्टी बनाउने उद्घोष गरे ।

Logo