आमाको मन कति कोमलो हुन्छ भन्ने कुरा चीनमा भएको एक घटनाले पुष्टि गर्छ । एक महिलाले आफ्नी बिरामी छोरीको उपचारका लागी आफ्नै दुध बेचिरहेको खवर विश्वभरी नै फैलिएको छ । "/>

जब यी महिला आफ्नै दुध बेच्न सडकमा निस्किइन्

जब यी महिला आफ्नै दुध बेच्न सडकमा निस्किइन्


आमाको मन कति कोमलो हुन्छ भन्ने कुरा चीनमा भएको एक घटनाले पुष्टि गर्छ । एक महिलाले आफ्नी बिरामी छोरीको उपचारका लागी आफ्नै दुध बेचिरहेको खवर विश्वभरी नै फैलिएको छ । ती महिलाले सडकमा आफ्नै दुध बेचिरहेकी छिन् ।

भाइरल भएको उक्त समााचारको भिडियोमा ति बाबु आमाले एक लाख यूआन आफ्नी छोरीको उचारका लागि आवश्यक परेको बताइरहेका देखिन्छन् । चीनको एक सोशल मीडिया प्लेटफर्म वीबोमा सो भिडियो शेयर हुनेबित्तिकै २४ लाख भन्दा धेरै पटक हेरिएको छ ।

५ हजार कमेन्ट्स पनि आइसकेका छन् । ति दूध बेच्ने महिलाका अनुसार उनलाई छिटो भन्दा छिटो पैसा संकलन गर्नु छ की किनकी उनकी एक बच्ची आइसीयूमा भर्नामा छिन । उक्त भिडियोको कमेन्ट्मा कसैले व्यापार तथा चर्चामा आउने नयाँ उपाय बताइरहेका छन् भने कसैले छोराछोरीप्रतिको आफ्ना आमा बाबुको माया भनेर टिप्पणी गरिरहेका छन् । बीबीसी

Logo