काठमाडौँ ।

परराष्ट्रविद्हरुले भारतीय बाह्यमामिलामन्त्री सुषमा स्वराजको नेपाल भ्रमणबाट नेपाल–भारतबीचको शदियौँ पुरानो सम्बन्ध थप सुमधुर तथा प्रगाढ हुने बताउनुभएको छ । "/>

पञ्चेश्वर परियोजना अगाडि बढाउन भारतीय विदेशमन्त्रीको भ्रमणले सघाउ पुग्ने

पञ्चेश्वर परियोजना अगाडि बढाउन भारतीय विदेशमन्त्रीको भ्रमणले सघाउ पुग्ने


काठमाडौँ ।

परराष्ट्रविद्हरुले भारतीय बाह्यमामिलामन्त्री सुषमा स्वराजको नेपाल भ्रमणबाट नेपाल–भारतबीचको शदियौँ पुरानो सम्बन्ध थप सुमधुर तथा प्रगाढ हुने बताउनुभएको छ । 

यहाँ आज आयोजित साक्षात्कारमा उहाँहरुले आर्थिक समृद्धिको बाटामा अगाडि बढ्न लागेको नेपालले भारतबाट सहयोग खोज्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा (एमाले)का नेता डा राजन भट्टराईले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण मूलरुपमा शिष्टाचार भए पनि भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आउनुभएका स्वराजसँग नेपाल भारतबीचको सुमधुर सम्बन्धबारेमा नेताहरुबीच विचारविमर्श भएको उल्लेख गर्नुभयो ।

नेपाल राजनीतिक स्थिरतापछि आर्थिक विकास र समृद्धिमै केन्द्रित छ भन्दै उहाँले भारतको आर्थिक सहयोग लिएर त्यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले नेपालको व्यापारको ठूलो हिस्सा भारतसँग भएकालेसम्बन्ध प्रगाढ बनाउन नेपालले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

ठूलो व्यापार घाटा भएको नेपालको विकासका लागि जलस्रोतको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले वषौँदेखि थन्किएको पञ्चेश्वर परियोजना अगाडि बढाउन भारतीय विदेशमन्त्रीको भ्रमणले सघाउ पुग्ने बताउनुभयो । भारतका लागि पूर्वराजदूत डा दुर्गेशमान सिंहले अहिले बनिरहेको राम्रो वातावरणबीच नै नेपाल भारत सम्बन्धलाई प्रगाढ पार्ने तथा विकासतर्फ अघि बढ्नुपर्ने औँल्याउनुभयो । 

क्लबमै आयोजित अर्को साक्षात्कारमा राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्षमणलाल कर्णले केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने विचार पार्टीले तत्काल नबनाएको स्पष्ट पार्नुभयो । 

उहाँले मधेशी, आदिवासी, थारु आदिको अधिकार दिन एमाले प्रष्ट नभएसम्म उसको नेतृत्वको सरकारमा जाने वातावरण नबन्ने बताउँदै भन्नुभयो, “मधेशी जनताको अपेक्षा र आकांक्षाअनुसार तिनको अधिकारको पक्षमा संविधान संशोधन हुनुपर्छ ।” उहाँले नेपाल र भारत का हजारौँ छोरीबेटी भारत र नेपालमा बिहेवारी गरेर बसेकाले दुई मुलुकबीच खुला सिमाना कायम हुनुपर्ने बताउनुभयो । रासस

Logo