सार्वजनिक भएको दुई दिनमै ‘कान्छि’को ट्रेलर ४ लाख पटक हेरियो

सार्वजनिक भएको दुई दिनमै ‘कान्छि’को ट्रेलर ४ लाख पटक हेरियो


दयाहाङ राई र श्वेता खड्काको मुख्य भूमिका रहेको कान्छी को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक भएको २ दिनमै ट्रेलर ७ नम्बर ट्रेन्डिङ नम्बर ७ मा रहेको छ । यो समाचार तयार पार्दा सम्म ट्रेलर ३ लाख ९५ हजार ५ सय ५२ पटक हेरिएको छ । 

फिल्मको ट्रेलरमा माया प्रेमका कुरा, हास्यात्मकता र द्धन्द्धका साथै सामाजिक सन्देश पनि प्रस्तुत गर्न खोजिएको छ ।

फागुन ४ गतेबाट देशव्यनपी रुपमा प्रदर्शनमा आउन लागेको फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा नायिका श्वेता खड्का र नायक दयाहाङ राईका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रो लिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ ।

फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । फिल्मलाई मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको छ ।

केही दिनअघि सार्वजनिक भएका गीतकै कारण पनि फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षित बनेको थियो ।

Logo