तपाईले देख्नुभएको छ दुनियाँका यी चार अचम्मलाग्दा महिला ?

तपाईले देख्नुभएको छ दुनियाँका यी चार अचम्मलाग्दा महिला ?


यस दुनियामा तपाई हामी जस्ता सामान्य मानिस मात्र बस्दैनौं । यहाँ अनेकौ खालका मानिसहरु बस्छन् । उनीहरुको सोंच, बिचार मात्र अलग हुँदैन, शरीरको संरचना नै अनौठो हुने गर्छ । यहाँ त्यस्तै महिलाहरुको बारेमा जानकारी दिइएको छ ।

ठूलो बक्षस्थल भएकी महिला

उनलाई मायारा हिल्सको नामले पनि चिनिन्छ । उनको उमेर २७ बर्ष । उनी एडल्ट मोडल हुन् । उनको दावी के छ भने, विश्वमै सबैभन्दा ठूलो बक्षस्थले उनको छ । उनको बक्षस्थल १६ केजीको छ । ब्रेस्ट बढाउनका लागि उनले इम्प्लान्टको साहारा लिएका थिए ।

सबैभन्दा पातलो कम्मर

कैथी जंग नामकी यि युवतीको कम्मर एकदमै पातलो छ । उनको कम्मरको साइज १५ इन्चको मात्र छ भनेर भन्दा पत्याउन गाह्रो पर्छ । तर सत्य यहि हो । क्विन अफ हार्टस्को नामले चिनिने उनले सबैभन्दा पातलो कम्मर भएकोमा वल्र्ड रेकर्ड बनाएकी छिन् ।

सबैभन्दा अग्ली ट्रान्सजेन्डर

एरिका एरविन अर्थात ऐमजन ईव विश्वकै सबैभन्दा अग्ली ट्रान्सजेन्डर मोडल हुन् । ३६ बर्षिय उनी ६ फुट ८ इन्च अग्ली छिन् । उनलाई अमेरिकी हरर स्टोरी फ्रिक शोमा पनि देख्न सकिन्छ ।

डरलाग्दो छाला लुकाउन

जूलिया ग्नूसे नामकी यि महिलालाई पारफीरिया नामको रोगले सतायो । यस रोग लागेपछि घामको किरणमा छाला कत्ला जस्तो हुन्छ । त्यसपछि त्यस ठाउँमा दाग रहन्छ । उनले यहि कुरुप छाला लुकाउन शरीरभरी ट्याटु खोपाएकी छिन् । यसैमा उनले वल्र्ड रेकर्ड पनि बनाएकी छिन् ।

Logo